27.4 C
Mahendranagar
Tuesday, March 19, 2024
spot_img

एम्बुलेन्समा चीतल तस्करी गर्ने ड्राईवर पक्राउ, हिरासतमा राखी अनुसन्धान

दार्चुला, माघ २७ ।

सरकारी एम्बुलेन्समै चित्तल तस्करी गरिरहेको अवस्थामा पक्राउ परेका चालकलाई ७ दिन हिरासतमा राख्न अनुमती दिईएको छ। जिल्ला अदालत दार्चुलाले चालक महेश बोहरालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको हो।

डिभिजन वन कार्यालय दार्चुलाका प्रमुख गोकुल रिजालले म्याद थपपछि तस्करी बारे अनुसन्धान अगाडी बढाईएको बताए।

कसरी भयो तस्करी ?

बैतडीको डिलासैनी गाउँपालिकामा रहेको रुद्रेश्वर स्वास्थ्य चौकीको एम्बुलेन्स चलाउदै आएका महेश बोहराले शनिवार डिलासैनी गाउँपालिकाकै वडा नम्वर ५ का एक जना विरामीलाई थप उपचारका लागि महेन्द्रनगर ल्याउनुपर्ने थियो।

महेन्द्रनगर ल्याउँदै गर्दा विरामीको बाटोमै मृत्यु भयो। मृतकका आफन्तले मृतकको घर महेन्द्रनगरमा पनि भएकोले चालकलाई त्यहाँ पुगाईदिन आग्रह गरे। चालक बोहरा महेन्द्रनगरमा मृतकको शव पुगाएपछि बैतडीका लागि फर्किए। डिलासैनी गाउँपालिका जाँदा दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्वर ९ गोकुलेश्वर बजार भएर जानुपर्छ। गोकुलेश्वर बजार पुगेपछि चालक बोहराले एम्बुलेन्स रोके।

एम्बुलेन्स मा चीतल तस्करी

ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार एम्बुलेन्स प्रहरीको चेकपोष्ट भन्दा ५० मिटरको दुरीमा मात्रै राखिएको थियो। चालक बोहराको गतिविधिमाथि आशंका बढेपछि चेकपोष्टमा ड्युटीमा रहेका प्रहरीले चालकलाई सोधपुछ सुरु गरे। ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरिक्षक खगेन्द्र साउँदका अनुसार चालकले महेन्द्रनगरमा विरामी पुगाएर फर्किएको बताएका थिए।

उनले दिनेश खवरलाई भने, ‘सोधपुछका क्रममा आशंका बढ्दै गएपछि एम्बुलेन्समा पनि चेकजाँच गरेका हौँ। चेकजाँच गर्दा मरेको अवस्थामा चित्तल फेला प¥यो।’ दार्चुला फर्किने क्रममा बोहराले कञ्चनपुर वा कैलालीमै चित्तल मारेको आशंका डिभिजन वन कार्यालय दार्चुलाले गरेको छ। डिभिजन वन कार्यालय दार्चुलाका प्रमुख गोकुल रिजालले दिनेश खवरलाई भने, ‘मृत चित्तल हेर्दा मारेको नै जस्तो देखिन्छ। उक्त चित्तल पहाडमा खासै पाउँदैन्। कैलाली र कञ्चनपुरको तराई क्षेत्र वा चुरे पहाडमा मारिएको हुन सक्छ।’

चित्तल कहाँ, किन र कसरी मारियो भन्ने बारेमा अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए। अहिले चालक बोहरालाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ भने एम्बुलेन्स र मृत चित्तल डिभिजन वन कार्यालयको नियन्त्रणमा छ। बोहराले चलाउँदै आएको एम्बुलेन्स सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले तीन महिना आगडी मौ वितरण गरेको थियो।

प्रदेश सरकारले अत्याधुनिक भन्दै १६ वटा एम्बुलेन्स वितरण गरेकोमा एम्बुलेन्सको पटक–पटक दुरुपयोग समेत हुँदै आएको छ। गत मंसिरमा मात्रै कैलालीको अत्तरियामा सुदूरपश्चिम सरकारले वितरण गरेको सुदूरपश्चिम ००१ झ ३४९ नम्वरको एम्बुलेन्समा यात्रु ओसारेको समेत भेटिएको हो। उक्त एम्बुलेन्स जोगबुढा अस्पतालले सञ्चालन गर्दै आएको थियो।

प्रदेश सरकारले एम्बुलेन्स वितरण गर्दा सञ्चालनको सम्पूर्ण जिम्मेवारी भने सम्बन्धीत स्थानीय तहलाई दिएको थियो। – दिनेश खबर बाट साभार

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles