धनगढी–अत्तरिया ६ लेन सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु

द्वारा : सुदुर न्युज
धनगढी–अत्तरिया ६ लेन सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलाली, साउन २२।

धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत मंगलवार राती भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ।

धनगढीबाट अत्तरिया गईरहेको मोटरसाईल र अत्तरियाबाट धनगढी आईरहेको मोटरसाईकल बोराडाँडी स्थित मैदान मिल नजिक एक आपसमा ठोक्किदा एक जना मोटरसाईकल चालक धनगढीबाट अत्तरिया गईरहेको ट्रकमा च्यापिएपछि उनको मृत्यु भएको हो।

धनगढीबाट अत्तरिया गईरहेको से ७ प १४६८ नम्बरको मोटरसाइकलका चालक धनगढी उप–महानगरपालिका वडा नम्वर १ का सुरज कुँवरको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते उनको सेती अञ्चल अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको ना ७ ख ११५७ नम्बरको ट्रकलाई सोही दिशा तर्फ गईरहेका मृतक कुँवरको मोटरसाईकलले ओभर टेक गर्न खोजेको र सोही क्रममा विपरित दिशातिर आईरहेको से ५ प १४१८ नम्बरको मोटरसाइकलसंग ठोक्किएपछि कुँवर ट्रकमुनि खसेका थिए।

ट्रक चालक र अर्को मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ तर मोटरसाईकल चालक भने फरार रहेका छन्। – दिनेश खबर

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy