27.4 C
Mahendranagar
Tuesday, March 19, 2024
spot_img

महाकालीमा पानीको वहाब बढेपछि बनबासा पुलमा चार पांग्रे सवारि साधन आवागनमा रोक

कञ्चनपुर,२१ साउन।

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा वर्षा भईरहेकाले महाकाली नदीमा समेत बाढी आएको छ । आज बिहानको मापन अनुसार महाकाली नदीमा पानीको वहाव १ लाख १३ हजार क्युसेक पुगेको छ ।

पानीको वहाव बढेपछि बनबसा पुलमा चार पांग्रे सवाी साधनको आवागन बन्द गरिएका छ । नदीमा १ लाख क्युसेक पानी नाघ्ने बितिक्कै सर्बसाधारणको सुरक्षालाई ध्यानमा राख्दै पुल बन्द हुने गरेको हो ।

सोमबार राती देखि परेको वर्षाका कारण कञ्चनपुर सदरमुमकाम महेन्द्रनगर तथा आसपासका क्षेत्रहरु जलमग्न बनेका छन् । भीमदत्त नगरपालिकाको वडा नं. १८, ४ र ६ का विभिन्न वस्तीहरु डुबानमा परेका हुन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार महेन्द्रनगरको पुष्पलालचोक, जानकी टोल, सब्जीमण्डी क्षेत्र र ऐठपुर क्षेत्र सामान्य डुबानमा परेका छन्। उक्त क्षेत्रका कतिपय घरभित्र समेत पानी पसेकोछ ।

यसैगरि भीमदत्त नगरपालिका १० तिलकेनीमा एक दर्जन घरभित्र पानी पसेको छ । चुरेबाट बग्ने खहरे खोलाको पानी वस्तीतिर पसेर घरभित्रै भरिएको हो। बजार क्षेत्र जलमग्न भएपछि केहि विद्यालयका परीक्षा पनि स्थगित गरिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles