36.6 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

बझाङ महिलाको गहना लुटपाट गरी हत्याको प्रयास

बझाङ, २१ साउन।

बझाङमा एक जना महिलाको गहना लुटपाट गरी हत्याको प्रयास भएको छ । बझाङको थलारा गाँउपालिका– ५ हाट घर भएकी २२ वर्षीया विमला ओलीको परिचय नखुलेको एक समूहले गहना लुटपाट गरी ज्यान मार्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका केदास्युँ गाँउपालिका –९ माइती घरबाट घर आउने क्रममा थलारा गाँउपालिका –३ को शिलाकोट भन्ने स्थानमा एक समूहले गहना र मोबाइल लुटेको र हत्या गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयले दिएको जानकारी अनुसार ओलीको टिनको पाताले घाँटी रेटेर हत्याको प्रयास भएको थियो । उनको अवस्था गम्भीर रहेको छ ।

साथै उनकै साथमा रहेकी १३ वर्षीया बहिनी सुलोचना ओलीमाथि पनि लुटेरा समूहले आक्रमण गरेका थिए । उनी पनि घाइते भएकी छन् । घाइते दुवैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक इश्वरी दत्त पाण्डेको नेतृत्वमा प्रहरी टोली खटिएको छ । – रेडियो निङ्गलाशैनी

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles