30.7 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

डिलाशैनी बांगाबगरमा पहिरो, महाकाली राजमार्ग अवरुद्ध

बैतडी,२१ साउन।

बर्षाका कारण पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतँबाझ — गोकुलेश्वर सडकखण्ड अन्तर्गत डिलाशैनी गाउँपालिका ६ बांगाबगरमा पहिरो खस्दा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो ।

बांगाबगरमा खसेको पहिरोका कारण सवारी साधन आवतजावत पूर्ण रुपमा रोकिएका ना ६ ख ७३ नं ट्रकका चालक शेरसिंह कार्कीले जानकारी दिनुभयो ।

धनगढीवाट दार्चुलाका लागी जान लागेको राजमार्ग अवरुद्ध हुँदा बिचबाटोमै रोकिनुपरेको चालक कार्कीको भनाई रहेको छ । सडक माथिवाट ठुलो पहिरो खसेकाले राजमार्ग सुचारु हुने समय लाग्ने उहाँले बताउनुभयो ।

सडक अवरुद्ध भएर हुँदा यातायातका साधन पूर्ण रुपमा रोकिएका छन् ।

सडक अवरुद्ध हुँदा काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला , बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन ।

सडक पुनः सञ्चालनको लागी तयारी भएको भएपनि भारी बर्षा भएकोले तत्कालै पहिरो पन्छाउन नसकिने बैतडीका प्रहरी प्रवक्ता दिपक पातलीले जानकारी दिनुुभयो ।

वि स २०६० साल असारमा आएको उक्त पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसंग नहुदा बर्षातको समयमा प्रत्येक बर्ष उक्त ठाउँमा बेलालबेलामा सडक अवरुद्ध हुने गरेको छ ।

यसका साथै उक्त पहिरोले त्यो बेला बांगाबगर ६ घर पूर्ण रुपमा नष्ट गरेको थियो भने १ सय ५० रोपनी जमीनलाई बगरमा परिणत गरेको थियो ।
सोहीबेलादेखि प्रत्येक बर्ष आउने पहिरोले हाल पनि बांगाबगरबासीलाई चिन्तित बनाएको छ । – विनोद सिंह विष्ट

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles