32.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

कैलाली र कञ्चनपुरको हावाहुरी अपडेटः मृत्यु हुनेको संख्या २ पुग्यो, १०० जना भन्दा बढि घाइते

काठमाडौं , जेठ २४ गते ।

कैलाली र कञ्चनपुरमा आएको हावाहुरीमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ भने सय जना भन्दा बढि घाइते भएका छन् ।

हावाहुरीबाट गोदावरी नगरपालिका, कैलालीका वीरबहादुर चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै, टीकापुरमा पोल्ट्री फर्मको वाल भत्किँदा लहानु चौधरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार हावाहुरीका कारण कैलालीमा मात्रै सय जना भन्दा बढि घाइते भएका छन् । उनीहरुको अहिले धनगढी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको कैलाली प्रहरीले जनाएको छ ।

हावाहुरीले दुवै जिल्लाका भौतिक संरचनामा क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, सयौंको संख्यामा रुखहरु ढलेका छन् भने घरका टिनका छाना उडाएका छन् । छाना उडाएपछि रातभर कष्टकर जीवन बिताएको पीडितहरुले बताएका छन् ।

सडकमा रुख ढल्दा कैलालीका विभिन्न स्थानको सवारी आवागमनसमेत प्रभावित भएको छ । यद्यपि, यसलाई हटाएर सवारी सञ्चालनमा ल्याउने प्रयास भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

हुरीले कैलालीमा विद्युतका पोलसमेत भाँचिदिएको छ । दर्जनौंको संख्यामा जिल्लाका विभिन्न स्थानबाट पोल भाँचिएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । बिजुलीका पोल भाँचिएपछि जिल्लाका अधिकांश स्थानमा विद्युत सेवा बन्द भएको छ । प्रहरीका अनुसार, टेलिफोन सेवा समेत प्रभावित भएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles