36.8 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

धनगढीमा रिक्सा चालक आन्दोलनमा, यात्रुको सहजताका लागि वस सञ्चालन

धनगढी ,जेठ २० गते ।

प्रदेशको अस्थायी राजधानी धनगढीका विद्युतीय रिक्सा चालक मजदुरहरूले रिक्सा चलाउन छोडेपछि यात्रुहरु मर्कामा परेका छन्।

ईलेक्ट्रोनिक रिक्साको व्यवस्थापन र दर्ता प्रक्रिया सहज बनाउनुपर्ने माग सहित रिक्सा चालक आन्दोलित भएपछि यात्रुहरु मर्कामा परेका हुन्।

रिक्सा चालक आन्दोलनमा उत्रिएपछि यात्रुहरु अलपत्र परेका हुन्।

यसअघि धनगढीका विद्युतीय रिक्सा चालक मजदुरले सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय घेराउ गरेका थिए।

विद्युतीय रिक्सा दर्ता र नविकरणको विषयलाई लिएर उनीहरुले भौतिक पूर्वाधार विकास मन्त्रालय घेराउ गरेका थिए।

उनीहरुले रिक्सा दर्ता र नविकरणका सबै काम स्थानीय तहबाट हुनुपर्ने माग गरेका छन् भने रिक्साको व्यवस्थापन पनि सम्बन्धीत तहले नै गर्नुपर्ने माग गरेका छन्।

यता रिक्सा चालकहरु आन्दोलनमा उत्रिएपछि यात्रुको सहजताका लागि वस सेवा सञ्चालन गरिएको छ।

सुदूरपश्चिम वस व्यवसायी समितिले नगर क्षेत्रमा वस सेवा सुरु गरेको अध्यक्ष पदम सापकोटाले बताए।

अटो रिक्साहरु सञ्चालन भएपछि नगर क्षेत्रमा सञ्चालित नगर वस सेवा समेत बन्द भएको थियो।

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles