31.6 C
Mahendranagar
Tuesday, March 19, 2024
spot_img

महेन्द्रनगर आउँदै गरेको बस दाङमा दुर्घटना, १० घाइते

महेन्द्रनगर , जेठ २० गते ।

महेन्द्रनगर आउँदै गरेको बस दाङमा दुर्घटना भएको छ।

चितवनको नारायणगढबाट महेन्द्रनगर आउँदै गरेको ना ६ ख १२६४ नम्बरको बस गएराति दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहारमा यात्रु बस दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ।

घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ।

गम्भीर घाइते हुनेमा कैलालीको टिकापुर ८ बस्ने ६५ वर्षीय भागीराम डगौरा, उनकी श्रीमती ६० वर्षीया बेज्या चौधरी, कैलालीकै लम्किचुहा ६ बस्ने ३५ वर्षीय कृष्ण भण्डारी र डडेल्धुरा अमरगढी २ बस्ने ५० वर्षीय गोपाल सार्की छन्।

शौच गर्न रिहार नजिकैको जंगलमा बस रोकेको अवस्थामा बस आफैं गुडेर  दुर्घटना भएको प्रहरीले जनाएको छ।

सामान्य घाइतेहरुको लमहीमा उपचार भइरहेको छ भने गम्भीर भएकाहरुलाई नेपालगञ्ज रिफर गरिएको छ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles