26.2 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

कैलालीमा करोडौँ खर्च गरी वर्षेनी वृक्षारोपण, वन क्षेत्र बृद्धि हुनुको सट्टा घट्दै

कैलाली ,जेठ १७ गते ।

दश बर्षको अवधिमा कैलालीमा करोडौँ खर्च गरेर पाँच सय ५७ हेक्टर वन क्षेत्रमा वृक्षारोपण गरिएको छ।

डिभिजन वन कार्यालयले  कैलालीका विभिन्न सामुदायिक वन, राष्ट्रिय वन तथा नीजि वनहरुमा वृक्षारोपणको कार्यक्रम सञ्चालन गर्दै आएको छ।

आर्थिक बर्ष २०६५÷०६६ देखि चालु आर्थिक बर्ष २०७५/०७६ सम्म कैलालीमा पाँच सय ५६ दशमलव ९१ हेक्टर वन क्षेत्रमा वृक्षारोपण गरिएको तथ्याङ्क छ।

दश वर्षमा झण्डै ६ करोड खर्च गर्दै पाँच सय ५७ हेक्टर वन क्षेत्रमा वृक्षारोपण गरिएको कैलालीमा वन क्षेत्र भने बढ्नुको सट्टा झन झन घट्दै गएको छ।

वनमा रोपिएका वोटविरुवाको अवस्थाको बारेमा वन डिभिजन कार्यालय  र सव डिभिजिन कार्यालयहरु बेखबर छन्।

वर्षेनी वृक्षारोपण गरिदै आएको भएपनि वन क्षेत्र बृद्धि नभएको कुरा डिभिजन वन कार्यालय धनगढीका सूचना अधिकारी भिम ढकाल पनि स्वीकार गर्छन्।

एक हेक्टर वन क्षेत्रमा वृक्षारोपण गर्दा एक लाख बजेट खर्च लाग्ने अनुमान गरिएको छ। विरुवा खरिद तथा ढुवानी, ज्यामी खर्च, तारवार लगायतमा रकम खर्च हुन्छ।

कैलालीको टीकापुर, खुटेना, पथरैया, पातभार, गेटा, अत्तरिया, चौमाला, राजीपुर, फुलबारी, साढेपानी, मोहन्याल, मालाखेती, उर्मा, लालबोझि लगाएतका क्षेत्रमा वृक्षारोपण हुदै आएको छ।

तर वन क्षेत्रको भने बृद्धि नभएको हो। दुई लाख पाँच हजार हेक्टर वन क्षेत्र रहेको कैलालीमा अहिले घटेर एक लाख ८० हजार वन क्षेत्र रहेको डिभिजन वन कार्यालयको तथ्याङक छ।

चार वर्ष यता कैलालीको वनको एकिन क्षेत्रफल पनि नापिएको छैन् यद्यपी वन क्षेत्र अझै घटेको अनुमान गरिएको छ।

आर्थिक बर्ष २०६५/०६६ र २०६६/०६७ मा ४/४ हेक्टर, २०६७/०६८ मा १० हेक्टर, २०६८/०६९ मा ३ हेक्टर, २०६९/०७० मा ४७ हेक्टर,  २०७०/०७१ मा एक सय ५ हेक्टर, २०७१/०७२ मा एक सय ५१ दशमलव ९३ हेक्टर, २०७२/०७३ मा ९३ हेक्टर, २०७३/०७४ मा एक सय ४६ दशमलव ९८ हेक्टर र २०६४/०७५ मा १० हेक्टरमा वृक्षारोपण गरिएको छ। चालु आर्थिक बर्ष २०७५/०७६ मा पनि १३ हेक्टरमा वृक्षारोपणको योजना छ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles