धनगढीमा ट्रयाक्टर दुर्घटना, एकजनाको मृत्यु

द्वारा : सुदुर न्युज
Accident
0

धनगढी , जेठ ७ गते ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

सोमबार दिउँसो २ बजेको समयमा धनगढी उप–महानगरपालिका वडा नम्बर ८ वेलीको जंगलमा से १ त २३६४ नम्बरको ट्रयाक्टर दुर्घटना हुदा चालक धनगढी ४ का ३१ वर्षीय राजु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीबाट फुलबार जादै गरेको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनापछि गम्भीर घाईते भएका चौधरीको उपचारका क्रममा निर्सग अस्पतालमा मृत्यु भएको हो।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy