बैतडीमा एक जना मृत फेला

द्वारा : सुदुर न्युज
0

बैतडी ,जेठ ४ गते ।

बैतडीमा एकजना मृत फेला परेका छन। जिल्लाको पाटन नगरपालिका वडा नम्बर १० को हतासमा सोही ठाउंका ७५ बर्षिय प्रमानन्द भट्ट मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिए।

उनका अनुसार जेठ २ गते खोड्पे बजार जान्छु भन्दै घरबाट हिंडेका उनलाई स्थानियले शनिबार मृत अवस्थामा देखे पछि प्रहरीलाई खबर गरेका हुन्। प्रहरीको टोलीले उनको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा पठाईएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy