26.2 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

धनगढी उप–महानगरपालिका वडा नम्वर १४ को कार्यालयमा तालाबन्दी

धनगढी,वैशाख ३१ गते ।

धनगढी उप–महानगरपालिका वडा नम्वर १४ को कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्।

स्थानीय समाजसेवी मानवहादुर विष्टको नेतृत्वमा बसेको बैठकले वडा कार्यालयको सेवा प्रभावकारी नभएको भन्दे ताला लगाईएको हो।

स्थानीयले सुचना हक प्रयोग गर्दै वडा कार्यालयबाट सुचना समेत नपाएको, अहिले पनि समान्य सेवाका लागि समेत उप–महागरपालिका धाउनुपरेको भन्दै तालाबन्दी गरेका हुन्।

उनीहरुले वडा कार्यालयका कर्मचारी र वडा अध्यक्षलाई पटक–पटक सेवा सुधारका लागि आग्रह गर्दा समेत वेवास्ता गरिएको गुनासो समेत गरेका छन्।

वडावासीले वडा तहवाट समस्याको समाधान नभएको भन्दै अव धनगढी उप–महानगरपालिकाका मेयर नृप वहादुर ओडसंग मात्रै छलफल गर्ने समेत अडान लिएका छन्।

वडा कार्यालयमा तालावन्दी भएप्छि सेवाग्राही समस्यामा परेका छन्।

वडा नम्वर १४ का अध्यक्ष रामवजारी चौधरीले भने कर्मचारी व्यवस्थापन गर्दै सेवा सुधार गरिरहेको बताए।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles