30 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

सडक निर्माणमा भएको ढिलासुस्तीले सिङगो धनगढी धुलाम्य, जनस्वास्थ्यमाथि खेलवाड

धनगढी,वैशाख २० गते ।

अधिकासं सडक निर्माणमा भएको ढिलासुस्तीले धुलाम्य बनेको धनगढीमा उप–महानगरवासी हैरान भएका छन्।

धुलाको कारण आवतजावत गर्न पनि सास्ती भएपछि उप–महानगरवासी हैरान भएका हुन्।

सबैभन्दा बढि नागरवासीलाई मोहनापुल–अत्तरिया ६ लेन सडकको धुलोले हैरान बनाएको छ।

धुलोले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीकै डेढ लाख बढिको जनस्वास्थ्यमाथि खेलवाड भईरहेको स्थानीय मदन भट्टले आरोप लगाए।

धनगढीमा निर्माणाधिन अवस्थामा रहेको मोहनापुल अत्तरिया ६ लेन सडक, सघन सहरी विकास कार्यक्रम मार्फत निर्माण भईरहेको दर्जन बढि सडक, क्षेत्रीय सहरी विकास आयोजना अन्तरगत निर्माण हुने ७ वटा सडक, उप–महानगरपालिकाले निर्माण हुने दर्जनौ सडकमा आवतजावत गर्दा उप–महानगरवासीले धुलोको सामना गर्नुपर्ने हुन्छ।

सिङगो धनगढी अहिले धुलाम्य हुनुको प्रमुख कारण सडक निर्माणमा भईरहेको ढिलासुस्ती नै रहेको अर्का स्थानीय नविन जोशीले बताए।

मोहनापुल–अत्तरिया ६ लेन सडकको मात्रै निर्माण निर्धारित समयमा सकिने गरि भएको भए अहिले धुलाको समस्या नै हुने थिएन्।

अन्य सडकमा पनि निर्माण तिव्र गतिमा भएको भए धुलोको सामना गर्न नपर्ने विश्वास उप –महानगरवासीमा छ। तर विकासे अड्डाहरुका कारण अहिले धुलाको समस्या बढेको आरोप स्थानीयमा छ।

महाकाली अञ्चल अस्पतालमा कार्यरत छलारोग विशेषज्ञ डाक्टर शम्भु जोशीका अनुसार  धुलोका कारण तत्कालिन रुपमा रुघाखोकी, घाँटी दुख्ने, आँखा दुख्ने लगायतका समस्या देखा पर्ने बताउँदै।

तर धुलोको दिर्घकालीन समस्या भने झनै बढि निम्त्याउने गरेको छ।

एनले धुलोका कारण दीर्घकालिन रुपमा दम, फोक्सोको क्यान्सर, मुटुको रोग, क्यान्सर, श्वासप्रश्वास लगायतमा समस्या देखिन सक्ने बताए।

धुलोबाट लाग्ने रोगबाट बच्नका लागि यात्रा गर्दा माक्स र चस्माको प्रयोग गर्न चिकित्सकहरुले सुझाव दिएका छन्। गर्मी मौसममा छोटो कपडा प्रयोग नगर्न पनि चिकित्सकहरुले सुझाव दिएका छन्।

अधिकासं सडक धुलाम्य भएको अवस्थामा धनगढीमा बैकल्पीक सडकको व्यवस्थापन पनि गर्न सकिएको छैन्।

धनगढी खुटीया खण्डको निर्माण भएको भए अहिले ६ लेन सडकको धुलोबाट उप–महानगरवासी बच्न सक्ने थिए। तर बैकल्पिक सडकको निर्माण नहुँदै अन्य सडको निर्माण सुरु गरिदा अहिले डेढ लाख बढि जनसङख्या भएको उप–महानगरवासीसंगै सिङगो प्रदेशवासीले धुलोको समस्या खेप्नु परेको छ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles