कञ्चनपुरमा मोटरसाईकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु

द्वारा : सुदुर न्युज
Accident
0

कञ्चनपुर,वैशाख १७ गते ।

कञ्चनपुरमा मोटरसाईकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गजरौलामा सोमबार साँझ से ६ प ६१७२ नम्बरको मोटरसाईकलले ठक्कर दिदा सोही स्थानकी अन्दाजी ७० वर्षीया मोतीदेवी ऐरीको मृत्यु भए,को प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार ऐरीलाई बाटो काट्ने क्रममा मोटरसाईकलले ठक्कर दिएको थियो।

उनको उपचारका लागि भारत लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy