30 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

कैलालीमा जीप र मोटरसाईकल ठोक्किदा साईकल यात्रीको मृत्यु, राजमार्ग अवरुद्ध

कैलाली, वैशाख १६ गते ।

कैलालीमा जीप र मोटरसाईकल एक आपसमा ठोक्किदा एकजना साईकलयात्रीको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ७ हरैयाचौकमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको से १ च १६९० नम्बरको पिक अप जीपले विपरीत दिशाबाट आइरहेको से ६ प ८०५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएपछि सोही दिशातर्फ गइरहेको साईकलमा ठोकिन पुगी एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले ठक्करबाट साईकलमा सवार गोदावरी नगरपालिका लालपुरका २० वर्षीय  दिपेन्द्र चोखालको मृत्यु भएको बताए। साईकलको पछाडी सवार ९ वर्षीय अविनाश चौधरी, जीप चालक र मोटरसाईकल चालक सामान्य घाईते भएका छन्।

दुर्घटनापछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles