37.3 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

बालिका मार्ने हरियाणाबाट पक्राउ

महेन्द्रनगर। भीमदत्त नगरपालिका–९ मटैनाकी बालिका हत्या अभियोग लागेका स्थानीय हिरासिंह ऐरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भारतको हरियाणाबाट पक्राउ गरेको छ ।

बालिका हत्या गरेर फरार भएका अभियुक्तलाई पछ्याइरहेको प्रहरीले हरियाणाबाट पक्राउ गरेको हो । पक्राउ परेका ऐरीलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । भीमदत्त नगरपालिका–९ मटैनाका ३० वर्षिय पुन्टे भनिने हिरासिंह ऐरीलाई बालिका हत्या अभियोगमा भारतको हरियाणाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रकाशबहादुर चन्दले बताए । पत्रकार सम्मेलनमा अभियुक्त सार्वजनिक गर्दै उनले भने, ‘साउन २१ गते मटैनाकी १० वर्षिय बालिका शितल विष्टको हत्या अभियोगमा ऐरीलाई पक्राउ गरिएको हो ।’

बालिका घरबाट हराएको १ दिनपछि साउन २२ गते बिहान घर नजिकै रहेको गौताडी खोलामा मृत फेला परेकी थिइन् । मृतकका परिवारले ऐरीसहित शंकास्पद ३ जनाविरुद्ध जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

अभियुक्त ऐरीले साउन २१ गते साँझ ४ बजेतिर बालिका आफू मदिरा सेवन गरेर सुतेका बेला कोठामा आएको र नशाको झोकमा घाँटी च्यापेर हत्या गरेको स्वीकारेको एसपी प्रकाशबहादुर चन्दले बताए । ऐरीले साँझ साढे ४ बजेतिर बालिकाको हत्या गरेर शव भान्छा कोठामा राखेको र राति ९ बजेतिर खोलामा फालेको बयान प्रहरीसामु दिएका छन् ।

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles