41.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

धनगढी विमानस्थल बन्द भए सुदूरपश्चिममा चौतर्फी समस्या हुने

धनगढी,वैशाख १५ गते ।

धावनमार्ग मर्मतका लागि धनगढी विमानस्थल एक महिना सम्म बन्द भए सुदूरपश्चिमवासी चौतर्फी समस्यामा पर्ने देखिएको छ।

धावन मार्ग अति जिर्ण भईसकेकाले स्तर बृद्धिका लागि वैशाख २२ गतेदेखि जेठ २१ गते सम्म एक महिनाका लागि विमानस्थलमा उडान बन्द गर्ने निर्णय भएपछि त्यस्ले सुदूरपश्चिममा चौतर्फी समस्या ल्याउने देखिएको हो।

तर अन्य विमानस्थलमा भने सुचारु भएकै अवस्थामा मर्मतको काम जारी रहेको छ।

न्ेपाल नागरिक उड्यन प्राधिकरणक अनुसार अहिले त्रिभुवन विमानस्थलमा पनि धनगढी विमानस्थलमा हुने भनिएको मर्मत नै जारी छ। तर राती १० बजेदेखि विहान ८ बजे सम्म उडान बन्द गरि मर्मतको काम भईरहेको छ।

अन्य समयमा भने उडान सुचारु राखिएको छ।

यस्तै जुम्ला विमानस्थल, भैरहवा विमानस्थल, पोखरा विमानस्थलमा पनि धनगढीमै हुने मर्मतको योजना राखिएको छ। जुम्ला विमानस्थल २० दिनका लागि बन्द गर्ने निर्णय भएको छ तर अन्य विमानस्थलमा भने विमानस्थललाई सुचारु राखेर मर्मतको काम जारी राखिएको छ।

धनगढीमा पनि त्यस्तै गर्न सकिने सुझाव पनि आएको छ। धनगढी विमानस्थलका प्रमुख तेजवहादुर बुढथापाक अनुसार अहिले धनगढी–काठमाडौँ रुटमा नेपाल एयरलाइन्सले हप्ताको २ दिन तथा बुद्ध एयरलाइन्स र श्री एयरलाइन्सले दैनिक २÷२ उडान भर्दै आएका छन्।

विमानस्थलका अनुसार झण्डै ७ सय यात्रुहरु हवाई यात्राबाट दैनिक रुपमा ओहोरदोहोर गरिरहेका छन्।

जस्ले गर्दा एक महिना सम्म उडान बन्द भए सुदूरपश्चिमवासी निकै समस्यामा पर्ने देखिएको छ।

त्यसैले रातीको समयमा काम गर्दै दिउसो उडान भर्न सकिने धेरैले सुझाव पनि दिएका छन्। तर धनगढी विमानस्थलका प्रमुख बुढथापा भने धावन मार्गकै काम भएकाले विमानस्थल बन्द नभए सम्म काम गर्न नसकिने बताउँछन्।

त्रिभुवन विमानस्थल पछिको सवैभन्दा ठुलो धावनमार्ग रहेको धनगढी विमानस्थलमा धावन मार्ग र पार्कीङ क्षेत्र विस्तारका लागि ठेक्का सम्झौता भएको छ। त्यस्को ठेक्का लुम्वीनी, कोषी एण्ड न्यौपाने, खड्का, कोईराला जेभी काठमाडौँले पाएको छ।

अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग रहेकोमा धावनमार्ग स्स्तरबृद्धिसंगै दुवैतर्फ २÷२ मिटर फराकिलो बनाउने योजना समेत रहेको छ।

यस्तै अहिले ३ वटा जहाज पार्कीङको व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तार योजना पनि रहेको छ।

एप्रोच लाईट र अन्य लाईटहरु थप, सञ्चार उपकरण वृद्धि, लगायतका सेवा थप र विस्तारको योजना पनि छ।

यो काम आधा महिनामै सकिने सम्भावना पनि रहेकाले एक महिना सम्म विमानस्थल बन्द गर्नुपर्ने अवस्था नआउन पनि सक्ने प्रमुख बुढथापाले बताए।

२२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तार लगायतका योजना समेटिएको छ।

शनिवार नै धनगढी विमानस्थलले एक महिना सम्म विमानस्थल बन्द गर्ने सुचना प्रकाशसनका लागि आग्रह गरेपनि अहिले सम्म नागरिक उड्यान प्राधिकरणले भने सुचना प्रकाशन गरेको छैन्।

एक महिना सम्म विमानस्थल बन्द भए थुप्रै समस्या श्रृजना हुने भएकाले सो बारेमा छलफल जारी रहेको नागरिक उड्यान प्राधिकरणका सुचना अधिकारी त्रिलोचन पौड्यालले बताए।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles