30.7 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

कञ्चनपुरको डोकेबजारमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु, २० घाईते

कञ्चनपुर,वैशाख १४ गते ।

कञ्चनपुरको डोकेबजार नजिक ट्याक्टर र टिप्पर ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जन्ती पुगाएर बेलौरी गइरहेको से १ त २०६७ नम्बरको ट्याक्टरलाई सोही दिशा तर्फ गईरहेको टिप्परले ठक्कर दिँदा बेलौरी नगरपालिका कञ्जाहा टोलका रामकुमारी रानाको घटना स्थलमै मृत्यु भएको हो।

घाइतेहरुको धनगढी स्थित सेती अञ्चल अस्पताल र अन्य विभिन्न अस्पतालमा उपचार भईरहेको छ।

टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles