41.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

गर्मी मौसमको सुरुवातसंगै कैलालीका वासिन्दा अघोषित लोडसेडिङको मारमा

धनगढी ,वैशाख १३ गते ।

धनगढी उप–महानगरपालिका सहित आसपासका क्षेत्रमा अघोषित रुपमा लोडसेडिङ हँुन थालेको छ।

गर्मी मौसम सुरु भए संगै अघोषित रुपमा लोडसेडिङ हुन लागेपछि स्थानीय हैरान भएका हुन्।

विगतका वर्ष झै यस वर्ष पनि गर्मी मौसम सुरु भएसंगै विद्युत अनियमित हुन लागेपछि दैनिकी कष्टकर हुन थालेको स्थानीय हरिप्रशाद भट्टले बताए।

धनगढी क्षेत्रका स्थानीयवासीले लो भोल्टेजसंगै बेला बेला विद्युत कटौतीको समस्या खेप्नु परेको छ।

समान्य विद्युतको तार चुडिएको भएपनि विद्युत कार्यालयले मर्मतमा लापरवाहि गर्दा धेरै समय सम्म समस्या खेप्न परेको भट्टको गुनासो छ।

अहिले धेरै उपकरणहरु विद्युतिय मध्यमाबाट सञ्चालन हुने गर्दैछन भने घरयासी प्रयोजनाको लागि पनि धेरैले विद्युतिय उपकरणहरु प्रयोग गर्ने गर्दछन।

तर पटक–पटक  हुने विद्युत कटौतीले विद्युतीय उपकरण प्रयोगमा ल्याउन पनि समस्या भएको अर्का स्थानीय जयकृष्ण भट्टराईको गुनासो छ। केहि क्षेत्रमा त विद्युत कटौती भए टेलिफोन र इन्टरनेट सेवा समेत अबरुद्ध हुने समस्या रहेको उनले सुनाए।

धनगढी वितरण केन्द्रले विभिन्न वहाना बनाएर विद्युत कटौती गर्दा गृहणी, विद्यार्थी, उद्योगी, व्यापारीहरुले समस्या झेल्नु परेको छ। ठूलो संख्यामा रहेका विद्युतिय मिल तथा अन्य उद्योग व्यवसाय संगै सर्वसाधारणलाई पनि निकै सास्ती हुने गरेको छ।

सरकारले विद्युत महशूलमा चर्को ब्याज लिने तर आफ्नो जिम्मेबारी वहन नगर्ने गुनासो पनि स्थानीयको छ।

तर धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवले भने मर्मत र विस्तारका क्रममा मात्रै विद्युत कटौती हुने गरेको दावी गरे।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles