24.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

धनगढी र गोदावरीमा सडक निर्माणका लागि बोलपत्र आह्वान

धनगढी ,वैशाख १२ गते ।

एसियाली विकास बैैकको ऋण सहयोगमा लागु गरिएको क्षेत्रिय सहरी विकास आयोजना अन्तरगत धनगढी र गोदावरी नगरपालिकामा निर्माण हुने सडकका लागि बोलपत्र आह्वान गरिएको छ।

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइले सडक निर्माणका लागि बोलपत्र आह्वान गरेको हो।

धनगढी उप–महानगरपालिकामा १० र गोदावरी नगरपालिकामा १६ गरि २६ किलोमिटर सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइका प्रमुख सुरेश वाग्लेले जानकारी दिए। उनले ४५ दिने सुचना जारी गरिएको जानकारी दिए।

एक दशमलव ३८ किलोमिटरको धनगढी मुख्य सडक अन्तरगत चौराहदेखि कैलालीपुल सम्म, संघिय प्रहरी देखि चर्च सम्मको दुई दशमलव सात किलोमिटर सडक, सात सय मिटरको क्याम्पस गेट–जाखोरताल सडक, तीन दशमलव ६५ किलोमिटरको क्याम्पसगेट–चटकपुर सडक, आठ सय ७० मिटरको डिभोटी–पिपलचौतारा सडक, एक दशमलव १५ किलोमिटरको हसनपुर सडक र चार सय ३० मिटरको मालपोत सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको उनले बताए।

आयोजना अन्तरगत उप–महानगरमा ४२ किलोमिटर सडक निर्माणको लक्ष्य रहेपनि बजेट अभावका कारण १० किलोमिटर सडक निर्माणका लागि मात्रै बोलपत्र आह्वान गरिएको हो। सडकका लागि एक अर्ब ३५ करोड मात्रै बजेट भएकाले साढे १० किलोमिटर मात्रै सडक निर्माण हुने अनुमान गरिएको छ।

२ नगरको सडक निर्माणका लागि बोलपत्र आह्वान भएपनि शुक्लाफाटा नगरपालिका र भीमदत्त नगरपालिकामा निर्माण हुने सडकको भने प्रक्रिया अगाडी बढेको छैन्।

आयोजना कार्यान्वयन ईकाइका प्रमुख वाग्लेका अनुसार शुक्लाफाटा नगरपालिकामा निर्माण हुने सडकको बोलपत्र आह्वान गर्न एसियाली विकास बैंकलाई स्वीकृतीका लागि धनगढी र गोदावरी भन्दा पहिले नै फाईल पठाएपनि अहिले सम्म स्वीकृती नभएको बताए।

उनले भीमदत्त नगरपालिकामा भने अहिले सम्म सडकको डिजायन नै नसकिएको जानकारी दिए। चार वटै नगरमा निर्माण हुने फोहोरमैला व्यवस्थापन केन्द्र, फोहोर पानी प्रशोधन केन्द्र र २ नगरमा निर्माण हुने कार्यालय भवनको प्रक्रिया भने अगाडी बढेको छैन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles