32.3 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

कैलालीमा हावाहुरी, असिना र चट्याङले विभिन्न ठाउँमा क्षती

कैलाली,वैशाख १२ गते ।

कैलालीमा बुधवार राती हावाहुरी, असिना र चट्याङले विभिन्न ठाउँमा क्षती भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्वर ४ माघी गाउँमा हावाहुरीले आँपको रुख ढल्दा एक जना युवती गम्भिर घाईते भएकी छिन्। स्थानीय रामवहादुर चौधरीकी २२ बर्षिय छोरी रिता चौधरी गम्भिर घाईते भएकी हुन्।

उनलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ।

यस्तै जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्वर ४ मा स्थानीय भवानी प्रशाद भाटको बाख्रा गोठमा परेको चट्याङ्ले ४ बाख्रा मरेका छन्।

जिल्ला अन्य विभिन्न स्थानमा पनि बुधवार राती हावाहुरीसंगै असिना पानी परेको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles