36.8 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

८ ठाउँमा ट्राफिक चेकपोष्ट भएपनि ३२ सिटको बसमा ५० जना कसरी पुगे साहुखर्क

धनगढी,वैशाख ११ गते ।

धनगढीदेखि साहुखर्क सम्म सार्वजनिक सवारीमा यात्रा गर्दा ८ ठाउँमा ट्राफिक प्रहरीको चेकपोष्ट छन्।

सुरुमा धनगढी त्यसपछि चटकपुर, गेटा, अत्तरिया, गोदावरी, खानीडाडाँ, फल्टुडे र बुडरमा ट्राफिक प्रहरीको चेकजाँच भएपछि मात्रै साहुखर्क सम्म गाडी पुग्छ। ट्राफिक प्रहरीले ट्राफिक नियम अनुसार गाडी सञ्चालन भए, नभएको विषयमा चेकजाँच गर्नुपर्ने हो।

तर आज विहानै डडेल्धुराको साहुखर्कमा भएको बस दुर्घटनाले भने ट्राफिक प्रहरीमाथि ठुलो प्रश्न खडा गरिदिएको छ।

दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ भने ३४ जना घाईते भएका छन्। प्रहरीले नै दुर्घटनाको मुख्य कारण ओभरलोड भन्न थालेको छ।

तर ८ ठाउँमा ट्राफिक प्रहरीको चेकपोष्ट हुँदा हुदै उक्त गाडीमा ओभरलोड कसरी सम्भव भयो भन्ने विषयमा खोजी सुरु भएको हो।

३२ जना भार क्षमता भएको बसमा ५० बढी यात्रु र व्यवसायिक प्रयोजनका लागि सयौं क्विन्टल सामान बोकेर धनगढीबाट साहुखर्क सम्म गाडी पुग्नुमा ट्राफिक प्रहरीको ठुलो कमजोरी भएको आरोप लाग्न थालेको छ।

यता सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरिक्षक लालवहादुर साउँदले भने रातीको समयमा बुडरमा मात्रै चेकजाँच हुने जानकारी दिए। उनले दुर्घटनामा परेको कर्णाली रिभर यातायातको ना ६ ख १८३१ नम्वरको बसलाई ओभरलोड भएको भन्दै चेकपोष्ट गेटामा जरिमाना समेत काटिएको बताए।

अत्तरियामा व्यवसायिक प्रयोजनका लागि ल्याईएका सामाना पनि उतारिएको उनको दावी छ।

तरपनि ट्राफिक प्रहरीले समेत ओभरलोडकै कारण दुर्घटना भएको बताउँदै आएको छ।

प्रहरी निरिक्षक साउँदले दुर्घटनाको अन्य कारण पनि खोजी भईरहेको बताए। तर यात्रुहरुले भने ठाउँ–ठाउँमा राखिएका ट्राफिक चेकपोष्टको काम असुली गर्ने मात्रै रहेको आरोप लगाएका छन्।
धनगढीबाट साहुखर्क पुग्न १३ घण्टा किन लाग्यो ? 

कर्णाली रिभर यातायातको ना ६ ख १८३१ नम्वरको बस बझाङ जिल्लाका लागि धनगढीबाट मंगलवार दिउसो साढे तीन बजे नै छुटेको हो।

कर्णाली रिभर यातायात धनगढी काउण्टरबाट प्राप्त जानकारी अनुसार दिउसो साढे तीन बजे नै बस धनगढीबाट छुटिसकेको थियो।

तर बसले धनगढीबाट झण्डै ४ घण्टाको दुरीमा रहेको साहुखर्क पुग्न १३ घण्टा बढि समय लगाएको छ।

बाटोमा ठाउँ–ठाउँमा विवाद भएकाले साहुखर्क पुगाउनै धेरै समय लगाईएको बसका यात्रु बझाङ कोटभैरवका धर्म रोकायाले बताए।

ट्राफिक प्रहरी कार्यालय सुदूरपश्चिमका अनुसार पनि धनगढीबाट साढे तीन बजे छुटेको बस अत्तरियाबाट भने १० बजे राती मात्रै छुटेको थियो।

व्यवसायिक प्रयोजनका लागि बझाङ लैजान लागेको सामानको विषयमा विवाद हुँदा अत्तरियामा घण्टौ सम्म बस रोकिएको थियो।

यात्रुहरुले भने अत्तरियामा रहेका ट्राफिक प्रहरीसँग सेटिङ मिलाएपछि ओभरलोडकै गाडी छोडिएको बताएका छन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles