26.2 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

डडेल्धुरा बस दुर्घटनाः मृतक ५ जनाको सनाखत

डडेल्धुरा,वैशाख ११ गते ।

डडेल्धुराको साहुखर्कमा भएको बस दुर्घटनामा मृत्यु भएका ५ जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार मृतक ५ मध्ये ४ नेपाली र एक भारतीय नागकि छन्।

बझाङको तल्कालेट गाउँपालिका वडा नम्वर ४ का ४४ बर्षीय धनवहादु घर्ती, केदारस्यू गाउँपालिका वडा नम्वर ५ का २५ बर्षीय नरेन्द्रगुरु धामी, ४० बर्षीय हरुली बोहरा र ५५ बर्षीय कलसीगुरु धामी रहेका छन्।

भारतीय नागरिक महोमद नसिदको पनि दुर्घटनामा परि मृत्यु भएको छ।
धनगढीबाट बझाङ गईरहेको बस आज विहान पौने ५ बजे डडेल्धुराको साहुखर्कमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परि अन्य ३४ जना घाईते भएका छन्। ३० जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ भने बाँकी ४ जनालाई अन्यत्र रेफर गरिएको छ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles