39.4 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

दुर्घटनालाई न्युनिकरण गर्न डडेल्धुरा ट्राफिक सक्रिय

जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले दुर्घटना न्यूनिकरणका लागि सवारी चेकजाँचमा कडाइ गर्न थालेको छ ।

चाडपर्व नजिकिएसँगै सवारी नियम उल्लंघनका घटनामा बृद्धि हुन थालेपछि सवारी चेकजाँचलाई तीब्रता दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराले जनाएको छ । नजिकिँदै गरेको हरितालिका तीज, गौरा पर्व, बडादशैं तथा तिहारको समयमा हुने दुर्घटनाको जोखिमलाई कम गर्न सवारी चेकजाँच कडाइ पारिएको कार्यालयका प्रहरी नायव निरीक्षक कृष्ण पुजाराले जानकारी दिएका छन् । जिल्लाका अन्य ग्रामीण रुटमा समेत सवारीसाधन चेकजाँचमा कडाइ पारिएको उनले बताए ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउने, बसमा क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने, ब्लूबुक बिना सवारी सञ्चालन, बिना हेलमेट मोटरसाइकल सञ्चालन र ओभरटेक लगायतका गलत प्रवृत्तिका कारण सवारी दुर्घटना हुन सक्ने भन्दै ट्राफिक प्रहरीले सक्रियता बढाएको हो । चाडपर्वको समयमा नियम विपरित सवारीसाधन सञ्चालन गर्ने गाडी धनी तथा गाडी चालकलाई कानून बमोजिम कारवाही गर्ने समेत प्रहरी नायव निरीक्षक पुजाराले बताएका छन् ।

डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा पछिल्लो समय अनावश्यक रुपमा सवारीसाधन पार्किङ गर्ने क्रम बढेपछि सवारी दुर्घटनाको जोखिम समेत बढेको छ । साँघुरो सडक तथा व्यस्त बजारमा दिँउसै लोड–अनलोड गर्ने मालबाहक गाडीका कारण समेत सडक जाम हुने गरेको छ । बजार क्षेत्रमा रातिको समयमा लोड–अनलोड गर्ने नियम बनाइएको भएपनि सो नियम कडाइका साथ लागू हुन नसकेको पत्रकार गणेश रोक्काको गुनासो छ । ‘सवारी धनीहरूले सडक जाम हुने गरेर मनपरी रुपमा लोड–अनलोड गर्ने गरेका छन्,’ उनले भने ।

ट्राफिक व्यवस्थापनलाई चुस्त–दुरुस्त राख्नको लागि ट्राफिक प्रहरीले विशेष चासो दिँदै सडकमा लापरवाही तरिकाले पार्किङ गरेको भेटेमा समेत कारबाही गर्ने जनाएको छ । सवारी चालक तथा बाटो काट्ने सर्वसाधारणले अनुशासन पालना गरेमा मात्रै पनि सवारी दुर्घटना कम हुने ट्राफिक प्रहरीको भनाई छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles