41.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

धनगढीमा अस्तव्यस्त विद्युतिकरण : ६ लेन सडकमा लतारिएको तारबाट करेन्ट लाग्दा गोरु मर्‍यो

धनगढी ,वैशाख ७ गते ।

निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडक खण्डमा भुईमा लतारिएको तारबाट करेन्ट लागेर एउटा गोरु मरेको छ।

निर्माणाधिन ६ लेन सडकखण्ड अन्तरगत धनगढी उपमहानगरपालिका वडा नम्बर १३ को मोहनपुर माछा पोखरी नजिकै करेन्ट लाग्दा आज बिहान एउटा गोरु मरेको हो।

अत्तरियाबाट धनगढीतर्फ  आउदै  गरेको डल्लबको दायातर्फको  गोरुलाई करेन्ट लागेपछि घटना स्थलमै मरेको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय धनगढीका प्रहरी नीरिक्षक वकिल सिंहले  कञ्चनपुरको कृष्णपुर नगरपालिका ८ विचवाबाट डल्लबमा कैलाली गाउँतर्फ आउने क्रममा गोरुलाई करेन्ट लागेको बताए।

गोरुलाई ६ लेन सडकमा रहेको विद्युतको मुख्य लाईनबाट भुईमा लतारिएको तारले करेन्ट लागेको प्रहरी नीरिक्षक सिंहले जानकारी दिए। अहिले मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ।

नेपाल विद्युत प्राधिकरण र निर्माण व्यवसायीको लापरवाहीले धनगढीको विद्युतिकरण अस्तव्यस्त बन्दै गएको छ।

उपमहानगरपालिका  क्षेत्र मा कतै होचो ठाउँमा पोल गाडेर घरको छतमा तार छुने  अवस्था छ भने कतै तारहरु भुई सम्म लतारिएका कारण करेन्ट प्रवाह भएर जुनसुकै बेला समेत अप्रिय घटना हुनसक्ने खतरा रहेको छ।

तर नेपाल विद्युत प्राधिकरण भने यस विषयमा गम्भीर बनेको देखिदैन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles