39 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

समयमै काम नसक्ने ठेकेदारलाई कार्वाहि गरिने

डोटी,वैशाख ६ गते ।

तोकिएको मितिमा काम नसक्ने यहाँका मोटरचल्ने पुल निर्माणको जिम्मा पाएका ठेकेदारहरुलाई कार्वाहि हुने भएको छ ।

निर्माण शुरु गरेको वर्षौ वितिसक्दा समेत मोटर चल्ने पुल निर्माणको कार्य सम्पन्न नगर्ने ठेकेदार लाई कार्वाहि गर्न सडक डिभिजन कार्यालय दिपायल कुल्पातेले पहल चालेको छ ।

जिल्लामा मोटर पुल निर्माणको ठेक्का पाएर वर्षौ बितिसक्दा समेत काम सम्पन्न नगर्ने ठेकेदारलाई कार्यालयमा झिकाई किन काम सकिएन सो विषयमा जानकारी लिनकालागि यहाँको सडक डिभिजन कार्यालयले पत्राचार समेत गर्न थालेको छ ।

जिल्लामा दजर्नौ मोटर चल्ने पुलहरु लामो समयदेखी निर्माण सम्पन्न नहुँदा लथालिङ्ख अवस्थामा रहेका छन् ।

ठेकेदार कम्पनीको लापर्वहिका कारण पुल निर्माणको काम सम्पन्न नभएको भन्ने गुनासा बढेपछि सडक डिभिजन कार्यालयले कानुनी बाटो खोज्न थालेको छ ।

ठेकेदार कम्पनीको लापवाहीका कारण यहाँका मोटर चल्ने पुल अझै निर्माण सम्पन्न हुन नसकेको स्थानीयवासीको गुनासो बढेपछि यहाँको सडक डिभिजन कार्यालयले कार्वाहिका लागि प्रक्रिया अगाडी बढाउन थालेको हो ।

ठेकेदार कम्पनीले विभिन्न बाहना देखाइ पुल निर्माणको कार्यमा ढिलाइ गर्ने गरेको डिभिजन सडक कार्यालय दिपायल कुल्पातेले जनाएको छ ।

तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी बिसं २०७१ साल असार २९ गते सम्झौता भएको शिखर नगरपालिकामा रहेको सातनाली सडकको पक्कि पुलको हालसम्म १० प्रतिशत मात्रै काम भएको स्थानियबासीहरु बताउछन् ।

पहिलो पटक भएको तीनवर्षे सम्झौता बिसं २०७४ साल असार २९ गते सकिए पनि पुःन अर्को सम्झौता भएको म्याद सकिदा समेत पुल निर्माणको काम सम्पन्न हुन नसकेको शिखर नगरपालिकाका स्थानिय प्रेमबहादुर बलायरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ठेकेदार कम्पनी म्याद थपेको थपेई छ,काम कहिले पुरा हुदैन ।”

मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु २६ करोड २० लाखको लागतमा निर्माण हुने करीब चार सय मिटर लम्बाइको उक्त आरसिसी पुल सडक डिभिजन कार्यालय कुल्पातेले पुष्प÷राजेन्द्र जेभी निर्माण कम्पनीसँग बिसं २०७१ साल असार २९ गते सम्झौता गरी निर्माणकार्य शुरु गराएको थियो ।

पुल निर्माण हुने समयावधि समाप्त भएरपनि पुःन म्याद थपिदा समेत पुलका दायाँबाँया पिल्लर समेत बनेका छैनन् ।

उक्त पुल निर्माणको कार्य शुरु भएपछि आफूहरु पनि सडक सञ्जालमा जोडिने आश लिएर बसेका तल्लिसातका स्थानीयवासी फेरि निराश हुन थालेका छन् ।

सेती नदीमा निर्माण हुने उक्त पुल अझै निर्माण हुन नसक्दा शिखर नगरपालिका वडान.११ सडक सञ्जालमा जोडिन सकेको छैन् ।

पुल निर्माण कार्यमा ढिलाइ हुनुको मुख्य कारण निर्माण व्यवसायीको लापरवाही भएको पुलको साइड हेर्ने सडक कार्यालयका कर्मचारीहरु बताउछन् ।

उहाँहरुका अनुसार पुल निर्माण कम्पनीका सञ्चालक भीमबहादुर साउद डडेल्धुराको पर्शुराम नगरपालिकाका नगर प्रमुख भएपछि उहाँले काम हेर्ने जिम्मा अरुलाई नै दिएपछि पुल निर्माणको काममा ढिलाई भएको बताईएको छ ।

यस्तै दुई वर्षमा बनेर सडक सञ्चालनमा आउनुपर्ने जिल्लाको अर्को पुल ६ वर्ष बितिसक्दा समेत सञ्चालनमा आएको छैन् ।

जोरायल गाउँपालिकाको कुम्रेली गाड (नदी) मा निर्माणाधीन पुल दुई वर्षमा सम्पन्न गर्ने गरी सडक कार्यालय र एसबिए÷चन्द्र एण्ड वसन्त र आइएस जेभी निर्माण कम्पनीले विसं २०६८ असार २३ गते पहिलो सम्झौता गरी काम शुरु गरेको थियो ।

कुल लागत रु दुई करोड ५८ लाख ७२ हजार ९१७ मा निर्माण भइरहेको उक्त पुल निर्माणको समय विसं २०७० साउन ४ गतेसम्म मात्र रहेको थियो ।

करिब ५० मिटर लम्बाइ रहेको उक्त पुल निर्माण सम्झौता तेस्रो पटकसम्म थप भइसक्दा समेत अझै निर्माण कार्य पूरा हुन सकेको छैन् ।

ठेकेदारको लापवाहीले योजना समयमा सम्पन्न हुन नसकेको सडक डिभिजनका इञ्जिनीयर महानन्द जोशीले बताउनुभयो ।

निर्माण कम्पनीले योजना सम्पन्न पनि गर्नुपर्ने र ढिलो भएमा हर्जना पनि तिर्नुपर्ने बताउँदै उहाँले पुल सम्पन्न नगरेरै छाडे कम्पनीलाई कालो सूचीमा राखिने योजना भईरहेको जानकारी दिनुभयो ।”

तेस्रो पटक विसं २०७२ माघ २९ गतेदेखि २०७३ भदौ १४ गतेसम्मको लागि पुल निर्माणको सम्झौताको म्याद थप गरिएको थियो ।

निर्माण कार्य अझै बाँकी रहेको भए पनि बिसं २०७३ भदौ १४ गतेदेखि भने हालसम्म सम्झौताको म्याद थप नगरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

उक्त पुल हाल सम्मपनि निर्माण नहुँदा स्थानीय तथा विद्यार्थीले नदी तर्न नसक्दा समस्या हुने गरेको स्थानियबासीहरु बताउँछन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles