37.3 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

दाना उद्योगीका गाडी छोड्न अदालतले दिएको आदेश कार्यान्वयन गर्न अटेरी

, वैशाख ५ गते ।

आयातमा रोक लगाउँदै कैलाली भन्सारमा रोकिएका कच्चा पदार्थ बोकेका गाडी तत्काल छोड्न उच्च अदालतले अन्तरिम आदेश दिएपनि कार्यान्वयन गर्न क्वारेन्टाइनले अटेरी गरेको छ। उच्च अदालत दिपायलको ईजलास महेन्द्रनगरले दाना उद्योगीहरुका गाडीहरु तत्काल छोडन बुधवार नै आदेश दिएपनि कार्यान्वयन गर्न क्वारेन्टाइनले अटेरी गरेको हो।

पशु क्वारेन्टाइन चेकपोस्ट धनगढीले कच्चा पदार्थ ल्याउँदा भारकैलालीतको स्वस्थताको प्रमाणपत्र माग्दै १६ वटा कच्चा पदार्थ बोकेका ट्रकहरु भन्सारमा रोकेको छ।

क्वारेन्टाइनको उक्त निर्णय विरुद्ध सुदूरपश्चिमका पोल्ट्री व्यसायीहरुले उच्च अदालतमा रिट हालेका थिए। रिटमा उच्च अदालतका न्यायधिस धिरवहादुर चन्दको एकल ईजलासले कच्चा पदार्थ बोकेका १६ वटै गाडीहरु तत्काल छोड्न अन्तरिम आदेश दिएको थियो।

अदालदतले कच्चा पदार्थको आवश्यक चेकजाँच गरि गाडी छोड्न आदेश दिएपनि पशु  क्वारेन्टाइनले छोड्न अटेरी गरेको व्यवसायी विवेक भट्टले बताए।

क्वारेन्टाइनले अदालतले पनि आवश्यक चेकजाँच गरि गाडी छोड्न आदेश दिएकाले चेकजाँचका क्रममा भारतीय क्वारेन्टाइनको स्वस्थताको प्रमाणपत्र नभएको भन्दै गाडी छोड्न अटेरी गरेको बताए। व्यवसायीहरुले उच्च अदालतको आदेशको पनि पशु क्वारेन्टाइनले अवज्ञा गरेको गुनासो गरेका छन्।

यता पशु क्वारेन्टाइन गड्डाचौकीका प्रमुख विनय कुमार कर्णले भने कानुनी सल्लाह लिईरहेको भन्दै अहिले केहि बोल्न मानेनन्। क्वारेन्टाइनको त्रिनगर नाकामा रहेको चेकपोष्टका प्रमुख भरत शाहले भने मोवाईल अफ राखेका छन्।

डल्फीन आधनुनिक दाना उद्योग, नविन दाना उद्योग, वेष्टन फिड इन्ड्रष्टिज र विवेक फिड इन्ड्रष्टिजले क्वारेन्टाइन विरुद्ध रिट हालेका थिए।

अदालतले सवै उद्योगीहरुले भारतबाट कच्चा पदार्थ ल्याउने अनुमती पनि लिईसकेको र आवश्यक कागजपत्र पनि बुझाईसकेकाले क्वारेन्टाइनलाई तत्काल गाडी छोडन आदेश दिईएको थियो। झण्डै २ सातादेखि कच्चा पदार्थ भित्रिन नसकेपछि सुदूरपश्चिममा पोल्ट्री व्यवसाय नै संकटमा परेको भन्दै व्यवसायी निराश हुन थालेका छन्।

सुदूरपश्चिमका सबै नाकाबाट पशुपन्छीजन्य वस्तुको आयात ठप्प गरिएपछि पोल्ट्री व्यवसाय नै संकटमा पर्ने खतरा थियो। पशु क्वारेन्टाइन चेकपोस्टले २० बर्ष सम्म लागु नभएको नियम सुदूरपश्चिमका व्यवसायीहरुका लागि मात्रै लागु गरेर भारतको स्वस्थताको प्रमाणपत्र मागेको थियो।

तर अन्य प्रदेशका नाकाहरुबाट भने निर्वाध रुपमा कच्चा पदार्थ आयात भईरहेको थियो। दाना उद्योगीहरुले भारतबाट कच्च पदार्थ ल्याउदा भारतको स्वस्थताको प्रमाणपत्र ल्याउन परे निकै समस्या हुने बताउँदै आएका छन्।

त्यस्का लागि दिल्ली जानुपर्ने हुन्छ भने एउटा गाडीको स्वस्थताको प्रमाणपत्र बनाउन मात्रै कम्तिमा १५ दिन लाग्ने गरेको छ।

कुखुरा व्यवसायका लागि झण्डै ८० प्रतिशत दानाहरु भरतबाट आयत हुँदै आएको छ। सुदूरपश्चिममा मात्रै साप्ताहिक रुपमा झण्डै २ लाख कुखुरा खरिद हुन्छ भने दैनिक डेढ लाख अण्डा खरिद हुँदै आएको छ। सुदूरपश्चिम पोल्ट्री व्यवसायमा मात्रै झण्डै ५ अर्व लगानी छ भने कुखुरामा लगभग प्रदेश आत्मनिर्भर छ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles