25.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

कैलालीमा भ्यू टावरको योजना अलपत्र

कैलाली,वैशाख ४ गते ।

पर्यटन प्रबद्र्धनका लागि कैलालीमा भ्यू टावर बनाउने बर्षाै पुरानो योजना अलपत्र परेको छ। पर्यटन विभाग अन्तरगत पर्यटन कार्यालय कोहलपुरले गोदावरी नगरपालिका वडा नम्वर ४ बुढीतोलामा भ्यू टावर राख्नका लागि बातावरणीय प्रभाव मुल्याङकन गरेपनि भ्यू टावर निर्माणको प्रक्रिया भने अगाडी नबढेको हो। सबै पर्यटन कार्यालयहरु खारेज भएपछि उक्त योजना प्रदेश सरकारलाई हस्तान्तरण गरिएको पर्यटन विभागका ईन्जिनियर सचिन्द्र कुमार यादवले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशको भ्यू टावर कुन स्थानमा राख्ने विवाद कायमै रहेको अवस्थामा पर्यटन विभाग अन्तरगतको पर्यटन कार्यालय कोहलपुरले गोदावरी नगरपालिका वडा नम्वर ४ बुढीतोलामा भ्यू टावर राख्नका लागि बातावरणीय प्रभाव मुल्याङकन स्वीकृत गरिसकेको थियो।

तर संघीय संरचनमा पर्यटन कार्यालय नै खारेज भएपछि उक्त योजना प्रदेश सरकारलाई हस्तान्तरण गरियो तर योजना भने अगाडी बढेको छैन्।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता यज्ञमुर्ती खनालले संघीय सरकारको पर्यटन कार्यालयले बुढीतोलमा भ्यू टावन बनाउने योजना पनि प्रदेश सरकारलाई हस्तान्तरण गरेको स्वीकार गरे।

तर प्रदेशको उद्योग पर्यटन वन तथा बातावराण मन्त्रालयले पनि चुरे गाउँपालिका वडा नम्वर ५ मा भ्यू टावर राख्न छुट्टै बजेट विनियोजन गरेको बताए। दुवै योजना प्रदेश सरकारलाई हस्तान्तरण गरिए पनि अहिले सम्म काम भने अगाडी बढ्न नसकेको उनले बताए।

सुदूरपश्चिम प्रदेशको भ्यू टावर कैलालीको कम्पासे धुरामा राख्नका लागि ३० लाख बजेट विनियोजन भएको छ भने संघीय सरकारको सस्कृती, पर्यटन तथा नागरीक उड्यान मन्त्रालयको पर्यटन विभागले भने २०७४ असार २० गते गोदावरी नगरपालिका वडा नम्वर ४ बुढीतोलामा भ्यू टावर निर्माण गर्न बातावरणीय प्रभाव मूल्याङकन स्वीकृत भईसकेको छ।

अव दुवै योजना कार्यान्वयनको जिम्मा त प्रदेश सरकारले पाएको छ तर निर्माणका लागि प्रक्रिया भने अगाडी बढाउन नसकेको हो।

साविकको पाँच विकास क्षेत्रका पाँच स्थानमा निर्माण गर्ने योजना अन्तर्गत सुदूरपश्चिममा भ्यू टावरका लागि कैलालीको बुढितोला छनौट भएको थियो।

पर्यटन विभागले कम्पासेधुरा राजमार्ग भन्दा धेरै टाढा भएकाले राजमार्ग भन्दा १२ सय मिटर मात्रै टाढा रहेको बुढीतोलामा भ्यू टावर बनाउन वातावरणीय प्रभाव मुल्याङकन गरेको थियो।

उक्त योजना प्रदेश सरकारको मातहतमा आएपछि सोही ठाउँमा भ्यू टावर बनाउने योजनालाई अगाडी बढाउनुको सट्टा वातावरणीय प्रभाव मुल्याङकन नभएको अर्काे स्थानमा भ्यू टावर बनाउन बजेट विनियोजन गरेपछि भ्यू टावरको योजना अलपत्र परेको हो।

तर सो विषयमा स्थानीय सरकारले पनि अनभिज्ञता प्रकट गरेको छ। चुरे गाउँपालिकाका अध्यक्ष धनवहादुर रोक्कामगरले भ्यू टावरका लागि बजेट नै विनियोजन नभएको बताए।

भ्यू टावर निर्माण हुने क्षेत्र सडकबाट करीव एक किलोमिटरको दूरीमा हुनुपर्ने र वार्षिक २० हजार पर्यटकले अवलोकन गर्नुपर्ने सरकारले मापदण्ड तोकेको छ।

उक्त मापदण्ड अनुसार बुढीतोला उपयुक्त हुन्छ भने केहि स्थानीय र पर्यटन व्यवसायी कम्पासे धुरामा उपयुक्त हुने तर्क दिदै आएका छन्।

कम्पासे धुराबाट आकाश खुलेको समयमा कैलाली र कञ्चनपुरका अधिकांश भाग सहित भारतको समेत ठूलो हिस्सा अवलोकन गर्न सकिने र उत्तरतर्फका थुप्रै हिमाल हेर्न सकिने दवी उनीहरुको छ।

तर एउटै योजना कार्यान्वयनका लागि बजेट एक स्थानमा र बातावरणीय प्रभाव मुल्याङकन अर्को स्थानमा भएपछि योजनानै अलपत्र परेको हो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles