38.6 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

साढे पाँच सय हेक्टरमा मुङ खेती

धनगढी, वैशाख १ गते ।

सुदूरपश्चिम प्रदेशमा यस वर्ष साढे पाँच हेक्टर जमिनमा मुङ खेती विस्तार गरिँदैछ ।

कैलाली र कञ्चनपुर गरी दुई जिल्लामा मात्रै मुङ खेती बढाउन लागिएको हो । दलहन बाली विस्तार गर्ने लक्ष्यअनुरूप दुई जिल्लामा मुङ खेती विस्तार गर्न लागेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।

कोसेदार बालीका रूपमा रहेको मुङ हरियो मलसमेत रहेकाले दुई जिल्लामा यसको खेतीमा विस्तार गर्न लागिएको हो । कृषकलाई मुङ खेतीतर्फ आकर्षित गर्नका लागि मन्त्रालयले शतप्रतिशत अनुदानमा बिउ उपलब्ध गराउने कार्यसमेत सुरु गरेको छ ।

अहिलेसम्म ३२० हेक्टरका लागि अनुदानमा बिउ उपलब्ध गराइसकेको कृषि महाशाखा प्रमुख यज्ञराज जोशीले जानकारी दिनुभयो ।

कञ्चनपुरको बेलौरीमा साढे चार सय बिघा जमिनमा मुङ खेती गर्ने भनेर सूचना आएको छ, उहाँले भन्नुभयो ।

अरूतिरबाट पनि मुङ खेती गर्नका लागि किसानले निवेदन दिएकाले यो वर्ष हामीले लक्ष्य निर्धारण गरेकोभन्दा बढी

जमिनमा मुङ खेती हुने सम्भावना छ ।

रासायनिक मल प्रयोगको कारण खेती योग्य जमिनको उर्वराशक्ति तीव्र रूपमा ह्रास भइरहेको बेला जमिनको उर्वराशक्ति बढाउनका लागि पनि मुङ खेती वृद्धि गर्ने लक्ष्य राखेको मन्त्रालयले जानकारी दिएको छ । मुङ खेती गर्दा यसले माटोको उर्वराशक्ति बढाउने बताइएको छ । मुङ आफै हरियो मल पनि हो ।
चैतबाट लगाउन सुरु गरिने मुङले ५० दिनभित्रै उत्पादन दिन्छ । पाँच पटकसम्म कोसा टिप्नका लागि चैत पहिलो हप्तामै र दुई पटकसम्म कोसा टिप्नका लागि वैशाख १२ गतेसम्म मुङ लगाउन सकिने कृषि महाशाखा प्रमुख जोशीले बताउनुभयो ।

मुङ खेती गर्दा अरू कृषिबालीको जस्तो मिहिनेत गर्नु नपर्ने र सिँचाइ पनि दुईपटक मात्रै आवश्यक हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।

‘मुङ खेतीमा अरू बालीको जस्तो मिहिनेत नगरी छोटो समयमा नै उत्पादन लिन सकिन्छ, जोशीले भन्नुभयो । कीरा प्रकोप समस्या भने बढी रहन्छ तर विषादी छर्केमा जोगाउन सकि

न्छ ।
मन्त्रालयका अनुसार राम्रो गरी खेती गरिएमा प्रतिहेक्टर जमिनमा एक हजार दुई सय किलोसम्म मुङ उत्पादन हुने गर्दछ ।

सुदूरपश्चिममा यसको हालको बजार मूल्य प्रतिकिलो ९० देखि बढीमा दुई सय रुपियाँसम्म रहेको छ । यस वर्ष प्रदेशमा करिब तीन लाख ५० हजार किलो मुङ उत्पादन गर्ने लक्ष्य रहेको जनाइएको छ ।

मसिनो धान खेतीका लागि प्रोत्साहन
मसिनो तथा बासनादार धानको आयात घटाउनका लागि यस वर्षदेखि प्रदेशमै मसिनो तथा बासनादार धान उत्पादन कार्यलाई प्रोत्साहन गरिएको छ ।

किसानले उत्पादन गर्ने मसिनो तथा बासनादार धान यहाँका मिल व्यवसायीले भारतको समर्थन मूल्यमै किसानको खेतबाट खरिद गर्ने गरी प्रोत्साहनको पहल थालिएको हो । मसिनो तथा बासनादार धानको माग बढ्दो रहे पनि यसको खेतीतर्फ किसानको ध्यान जान सकेको छैन ।

प्रदेशमा मसिनो तथा बासनादार धान उत्पादन निकै न्यून हुने गरेकाले बर्सेनि करिब ५० करोड रुपियाँ बराबरको मसिनो धान भारतबाट यहाँ भित्रिने गरेको मन्त्रालयले जनाएको छ । त्यसैले प्रदेशमै तीन सय हेक्टर जमिनमा मसिनो तथा बासनादार धान खेती प्रबद्र्धन गर्न लागेको कृषि महाशाखा प्रमुख जोशीले बताउनुभयो ।

हामीले हालै मात्रै यहाँका मिल व्यवसायीसँग छलफल गरेका छौँ, उहाँले भन्नुभयो । उहाँहरूले किसानको खेतबाटै आफैले ढुवानी गर्ने गरी भारतको समर्थन मूल्यमा धान खरिद गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

मन्त्रालयका अनुसार यस वर्ष कैलाली, कञ्चनपुरमा दुई सय र पहाडी जिल्लामा एक सय हेक्टर जमिनमा मसिनो तथा बासनादार धान खेती गर्ने लक्ष्य राखिएको छ ।

पहाडी जिल्लाको डोटी, बैतडी, बझाङ र अछाममा मसिनो तथा बासनादार धानको खेती हुने जनाइएको छ ।

मसिनो धानको खेतीका लागि मन्त्रालयले मलबाहेक अरू आवश्यक सामग्री उपलब्ध गराउने, हरियो मललाई प्रोत्साहन गर्ने र सिँचाइमा पनि सहयोग गर्ने जनाइएको छ ।

अहिले परीक्षणका रूपमा मात्रै तीन सय हेक्टर जमिनमा मसिनो तथा बासनादार धान खेती गर्ने लक्ष्य राखिएको छ, जोशीले भन्नुभयो ।

पछि पाँच÷पाँच सय बिघाको ठूला प्लट बनाएर बृहत् रूपमा यो धानको खेती विस्तार गर्ने मन्त्रालयको योजना छ ।

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles