33.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

कैलालीको भासु भीरमा सडेको अवस्थामा शव फेला

कैलाली ,चैत्र ३०, २०७५ ।

कैलालीको भासु भीरमा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार भासु भीरमा बीहिबार शव फेला परेको हो।

भीमदत्त पन्त राजमार्ग अन्तरगत पर्ने भासु स्थित हाइवे सडकबाट झण्डै ५ सय मिटर तल भीरमा भेटिएको शव शुक्रबार निकालेर धनगढी ल्याईएको छ। उक्त शव महिनौँ पूरानो भएका कारण कंकाल मात्र रहेकाले पहिचान गर्न गाह्रो भएको प्रहरीले जनाएको छ।

तर वेपत्ताको उजुरीका आधारमा शव पहिचानमा जुटेको कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले बताए।

बिहीवार साँझ स्थानीय बासिन्दाले भासु भीरमा शव रहेको जानकारी दिएपछि फल्टुडेस्थित ईलाका प्रहरी कार्यालयका र सशस्त्र प्रहरीको टोली घट्नास्थल पुगेको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles