27.5 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

कैलालीमा टेलिकमका सेवाग्राही लाखौँ शुल्क तिर्न बाध्य, २ करोड बक्यौता

कैलाली,चैत्र २८, २०७५ ।

कैलालीमा नेपाल टेलिकमले ल्याण्डलाईन सेवा बापतको २ करोड बढि रकम उठाउन बाँकी रहेको छ।

ल्याण्डलाईन सेवाका ग्राहहरुलाई टेलिकमले बक्यौता रकम दिन पत्रचार तथा टेलिफोन समेत नगरेका कारण धेरै ग्राहकले बक्यौता रकमको बारेको जानकारी समेत नपाएको गुनासो गरेका छन्।

ल्याण्डलाईन सेवा लिदै आएका ग्राहकहरुले सेवा नलिएको पनि १० बर्ष सम्म भएको छ तर बक्यौता बुझाउन बाँकी रहेको विषयमा जानकारी नभएको पाइएको छ।

टेलिकमले कुनै माध्यामबाट पनि ग्राहकहरुलाई बक्यौता बुझाउन बाँकी  रहेको बारेमा जानकारी नदिएको सेवाग्राहीले बताएका छन्।

नेपाल टेलिकम धनगढीले मात्र एक करोड २७ लाख बक्यौता रकम संकलन गर्न बाँकी रहेको छ। कैलालीको गेटाबाट ५ लाख ९३ हजार, अत्तरियाबाट २७ लाख ३६ हजार, पहलमानपुर क्षेत्रबाट ८ लाख १९ हजार, लक्मीबाट १२ लाख २ हजार बक्यौदा रकम संकलन गर्न बाँकी छ।

भजनी क्षेत्रबाट ३ लाख ३९ हजार र टिकापुर संकलन केन्द्रले २० लाख ४५ हजार बक्यौदा रकम संकलन गर्न बाँकी छ।

कैलालीका पाँच वटा संकलन केन्द्रको रकम जोड्दा दुई करोड पाँच लाख हुन आउने टेलिकमले जनाएको छ। नेपाल टेलिकमले सेवाग्राहीलाई सेवाका बारेमा बुझाउन नसक्दा र सेवा बाफत लाग्ने रकमको बिषयमा जानकारी नदिदा पनि सरकारले ठुलो रकम संकलन गर्न बाँकी रहेको हो।

नेपाल टेलिकम धनगढी कार्यालयका प्रमुख सुरतबहादुर मल्लले बक्यौदा रकम संकलन भइरहेको बताए।नेपाल टेलिकमले २०७४ यता भने ल्याण्डलाईन सेवालाई पनि प्रिपेड सेवा जस्तै बनाएको छ।

ग्राहकले जम्मा गरेको रकम सकिएपछि टेलिफोन सेवा नै बन्द हुने प्रविधि नेपाल टेलिकमले सुरु गरेको छ।

तर २०७४ असार अगाडीका सेवाग्राहीबाट भने रकम उठाउन अझै बाँकी छ। रकम नतिरेको १० औँ बर्ष भएपनि टेलीकमले फोन लाईन भने काट्ने गरेको थिएन्।

जसले गर्दा एक जना सेवाग्राहीले त एकै पटक २ लाख ५० हजार सम्म शुल्क तिरेका छन्।

नेपाल टेलिकमले सूचना प्रकाशन गर्दै २०७५ चैत्र मसान्त भित्र बक्यौता रकम बुझाउन आग्रह गरेको छ।

चैत्र मसान्त भित्र बक्यौता रकम नदिए कालो सूचिमा राख्ने  नेपाल टेलिकमले सूचनामा उल्लेख गरेको नेपाल टेलिकमका प्रवक्क्ता प्रतिभा बैद्यले बताइन्।

उनले चैत्र मसान्त भित्र वक्यौदा तिर्नेलाई सहुलियत पनि दिएको बताइन्।

सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमको ल्याण्डलाईनका ग्राहक २४ हजार बढि रहेकोमा कैलालीमा मात्र ५१ प्रतिशत अर्थात १२ हजार चार सय ३८ रहेका छन्।

तर नेपाल टेलिकमले कती ग्राहकबाट बक्यौता रकम संकलन गर्न बाँकी छ त्यो भने, धनगढी कार्यालयलाई जानकारी छैन्।

दूरसञ्चार कार्यालय धनगढीले कैलाली जिल्लाभरी ल्याण्डलाईन फोन सेवा वापतको दुई करोड पाँच लाख वक्यौता उठानै बाँकी रहेको छ। कैलाली जिल्लाका विभिन्न स्थानका ग्राहकबाट ठुलो रकम नेपाल टेलिकमले उठाउन बाँकी रहेको हो।

ल्याण्डलाईन सेवा जडान गरेका दिन देखिए पनि एक रुपँैया नतिरेका व्यक्तीहरु पनि  रहेका छन्।

उनीहरुलाई वक्यौता रकम दिन पनि टेलिकमले सूचना समेत नदिएको बुझिएको छ।

यस्तै विगतमा शुल्क नतिर्ने सेवाग्राहीको लाईन काट्ने नीति पनि नभएकाले कतिपयले भने लाखौँ रकम एकै पटक तिर्नुपरेको छ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles