36.5 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

कैलालीका सीमा नाकामा चेकजाँचमा कडाईः आवतजावत गर्दा नगद नबोक्न आग्रह

कैलाली,चैत २८ गते ।

भारतको लोकसभा निर्वाचनको कारण कैलालीका सीमावर्ती क्षेत्रमा आवतजावत गर्दा नगद भारतीय रुपैया राख्न कडाई गरिएको छ।

अत्यावश्यक सरसमान खरिद गर्न र भारतबाट मजदुरी गरेर आउनेहरुलाई समेत २५ हजार बढि रकम लिएर आउजाउ गर्न रोक लगाईएको छ।

सुरक्षाकर्मीहरुले सीमा क्षेत्र र सीमावर्ती बजारहरुमा कडाईका साथ चेकजाँच गर्न थालेका छन्।

२९ अप्रिलमा उत्तर प्रदेशमा हुने निर्वाचनका लागि भारतमा आचार संहिता लागु भईसकेकोले नाकामा चेकजाँचमा कडाई गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल ५३ नम्बर गुल्मका प्रहरी नायब उपरिक्षक देव बहादुर चन्दले सीमा क्षेत्रमा आवतजावत गर्दा सकभर भारतीय रुपैयाँ नगद नबोक्न आग्रह गरे।

उनले अत्यावश्यक परेपनि २५ हजार भारतीय रुपैँया भन्दा बढि नगद नबोक्न सुझाव दिए।

सीमामा आवतजावत गर्दा भारतीय नागरिकलाई पनि नगद ५० हजार भन्दा बढि बोक्न रोक लगाईएको छ।

चेकजाँचमा कडाई गरिएपछि पछिल्लो ३ दिनमा मात्रै झण्डै साढे ९ लाख भारतीय रुपैँया सहित ८ नेपाली पक्राउ परिसकेका छन्।

यद्यपी उनीहरुले बोकेको रकम बैध भएपछि सशस्त्र प्रहरीको पहलमा छोडिसकेको छ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles