27.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

कैलालीमा हावाहुरीले करोडौंको क्षति

कैलाली,चैत २६ गते ।

कैलालीमा आएको हावाहुरीले केराखेतीमा करोडौं क्षति गरको छ। जिल्लाको पुर्वी क्षेत्रमा आएको हावाहुरीका कारण लाखौं केराका बिरुवा ढलेर करोडौँको क्षती भएको हो।

शनिबार र सोमवार आएको हावाहुरीले झण्डै ५० प्रतिशत केराबारी नष्ट भएको कैलाली केरा उत्पादक तथा व्यवसायी संघ कैलालीले जनाएको छ।

केरा बारीमा ३० प्रतिशत बोट ढलेका र २० प्रतिशत भन्दा बढी बोट काम नलाग्ने अवस्थामा पुगेको संघका उपाध्यक्ष टेकेन्द्र धामीले बताए।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कमाण्ड क्षेत्रभित्र पाँच सय हेक्टरमा केराखेती हुँदै आएको छ।

किसानहरुले सञ्चालनमा ल्याएको टिस्युकल्चर बेर्नाको भण्डार गृहमा समेत क्षति पुगेको छ।

केरा फल्ने समयमा आएको हावाहुरीले किसानलाई ठूलो नोक्सानी भएको किसान देवीराम कोइरालाले बताए। कोइरालाले टीकापुर नगरपालिका–७ वैदीमा लगाएको ६ बिघा क्षेत्रफलमा लगाएको केराखेतीका अधिकांश बोट हावाहुरीले ढलेर कामै नलाग्ने भएका छन्। हावाहुरीका कारण २२ बिघामा केराखेती गर्दै आएका टीकापुरका दीपेन्द्र चौधरीले आफ्नो बारीमा समेत ५५ प्रतिशत बढी केराका बोट नष्ट भएको बताए।

टीकापुरमा झण्डै एक सयभन्दा बढी केरा किसान छन्। तर अधिकांश केरा किसानले केराबारीको बिमा गरेका छैनन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles