36.7 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

कैलाली भ्रमण वर्ष : हात्ती आयो हात्ती आयो फुस्सा

कैलाली ,चैत २५ गते ।

कैलाली भ्रमण वर्ष अन्तरगत विश्व किर्तिमान राख्ने लक्ष्य सहित करिब डेढ करोड बजेट विनियोजन गर्दै शनिबारदेखि सुरु गरिएको   कर्णाली र्‍याफ्टिङ  जम्बोरी एक दिनमै सकियो।

मोहन्याल गाँउपालिकाको आयोजना  र कैलाली भ्रमण वर्ष मुल आयोजक समितिको  समन्वयमा र्‍याफ्टिङ जम्बोरी तीन दिन सम्म सञ्चालन हुने तयारी रहेपनि त्यस अनुसारको सहभागिता जुटाउन नसकेपछि एक दिनमै  र्‍याफ्टिङ जम्बोरी सकियो।

जनप्रतिनिधीहरु र नेताहरुबिचको आन्तरिक कलह तथा खिचातानीका कारण नै र्‍याफ्टिङ  जम्बोरीमा एक सय ११ वटा  र्‍याफ्टिङबाट एक हजार एकसय दश जनालाई जलयात्रामा सहभागी गराउदै विश्व किर्तिमान राख्ने लक्ष्य पूरा हुन सकेन भने यसले भ्रमण वर्ष भित्रको वास्तविकतालाई पनि सतहमा ल्याईदिएको कतिपयले मत जाहेर गरेका छन्।

कैलाली भ्रमण वर्ष अन्तरगत सञ्चालन गरिएका ¥याफिटङ जम्बोरी, डल्फीन महोत्सव लगायतका गतिविधीले पर्यटन प्रवद्र्धनको क्षेत्रमा खासै प्रभाव नपरेको गुनासो गरिएको छ।

धनगढीका पर्यटन व्यवसायी प्रकाश भट्टले भ्रमण वर्ष घोषणा भएपछि सञ्चालन गरिएका गतिविधीले पर्यटन प्रवद्र्धनमा कुनै प्रभाव नपारेको आफूले पाएको बताए।

उनले भ्रमण वर्ष सञ्चालन गरेपछि कति पर्यटक भित्रिए त्यो तथ्याङ्क खोज्न आवश्यक रहेको समेत बताए।

पर्यटकिय क्षेत्रको संरक्षण, सम्वद्र्धन एव्म प्रचार प्रसार, कैलाली जिल्लाको समृद्धि विकासको आधार भन्ने नारा दिएर कराडौँ बजेट खर्च गर्दै गत वैैशाख २२ गते कैलालीको चिसापानीबाट भ्रमण वर्ष तामझामका साथ सुरु गरिएको थियो।

तर नारा अनुसारका गतिविधी सञ्चालन नगरिदा भ्रमण वर्ष हात्ती आयो हात्ती आयो फुस्सा भएपछि करोडौँको लगानी वालुवामा पानी भएको छ।

जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर थापाको संयोजकत्वमा गठित भ्रमण वर्ष मुल आयोजक समितिको आन्तरिक कलह, जनप्रनिधि र उच्च पदस्थ नेताहरुको स्वार्थका कारण कैलाली भ्रमण वर्ष प्रभावकारी हुन नसकेको जनप्रतिनिधीले पनि बताउदै आएका छन्।

र्‍याफ्टिङ  जम्बोरीको उद्देश्य पूरा नहुनु पनि त्यसैको उपज भएको मत मोहन्याल गाउँपालिकाका अध्यक्ष नवल सिह रावलको छ।

उनले सुरुमा सबै स्थानीय तहले ¥याफिटङ जम्बोरी सञ्चालन गर्न सहयोग गर्ने भनेपछि अन्तमा आएर असहयोग भएको बताए।

प्रतिपक्षी दलको असहयोग र जनप्रतिनिधीहरु अरुबाट परिचालित भएपछि लक्ष्य हासिल गर्न नसकिएकाले बाँकी कारण अध्ययन गरेर भन्न ठिक हुने रावलले जनाए।

कैलालीका १३ वटै स्थानीय तह, पर्यटन बोर्ड, बाह्रवन साझेदारी वन लगायतका वन उपभोक्ता समिति तथा विभिन्न संघसंस्थाबाट न्युनतम दुई लाख देखि १५ लाख सम्म बजेट संकलन गरी सञ्चालन गरिएको भ्रमण वर्षले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नुको सट्टा निराशा थपेपछि नेताहरुले बजेट सक्ने माध्यम बनाएको दावी हुन थालेको छ।

पर्यटन व्यवसायी प्रकाश भट्टले भ्रमण वर्ष कुनै योजना विना सञ्चालन गरिनुले सफलता प्राप्त नभएको बताए।

उनले भ्रमण वर्ष आन्तरिक वा बाह्य कुन पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको हो ? त्यो कुरा नै प्रस्ट नभएको बताए।

भ्रमण वर्षमा कैलालीको पर्यटन क्षेत्रमा परिवर्तन गर्न हवाई मार्गबाट आउने वा स्थल मार्गबाट आउने पर्यटकका लागि कुनै प्याकेज ल्याउने की  भन्ने कुरामा आयोजक चुकेको व्यवसायी भट्ट बताउछन्।

यता कैलाली भ्रमण वर्ष मूल आयोजक समितिले भने भ्रमण वर्षमा सञ्चालन गरिएका गतिविधीले यसक्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुगाएको दावी गरेको छ। जिल्ला समन्वय समितिका सदस्य तथा भ्रमण वर्ष मुल आयोजक समितिका सदस्य टेक बहादुर बुढाले भ्रमण वर्षमा सञ्चालन गरिएका ¥याफिटङ जम्बोरी, डल्फीन महोत्सव, धान दिवसले विगतको भन्दा भारतीय पर्यटक आगमन दर बृद्धि भएको दावी गरे। भ्रमण वर्षमा भएको खर्चको विवरण आउन भने केही समय लाग्ने उनले बताए। तर भ्रमण वर्षलाई बजेट सक्ने मेसो बनाएपछि प्रभावकारी नदेखिएको मत जानकारहरुको रहेको छ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles