36.8 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

विपन्न परिवारलाई आर्थिक सहयोग

पोखरा ,चैत २५ गते ।

पोखरा, समाजसेवी चन्द्र मगरको पहलमा दुई अपाङ्गता भएका छोरालाई लालनपालन गर्दै आएका देवुकुमारी नेपालीलाई आज आर्थिक सहयोग गरिएको छ ।

पोखरा–१३ को विजयपुर डिही गाउँका नेपालीलाई तनहुँ शुक्लागण्डकी नगरपालिका–५ को बेलचौतारा बस्ने चन्द्र मगरले सङ्कलित रु ७७ हजार ५४० प्रदान गर्नुभएको हो ।

सहयोग रकममध्ये बेलायत निवासी दिपीन राईबाट रु २५ हजार, तुल थापामगरबाट रु १० हजार, रेखा थापामगरबाट रु १० हजार र नारायण आलेमगरबाट रु १५ हजार, हङ्कङ निवासी विपीन थापामगरबाट रु पाँच हजार ५००, बरुनाइ निवासी भक्त मगरबाट रु पाँच हजार, दक्षिण कोरिया निवासी चन्द्र दर्लामीमगरबाट रु पाँच हजार, तनहुँ, बेलचौतारा निवासी खिमाया थापामगरबाट रु एक हजार २० र रञ्जु रानामगरबाट रु एक हजार २० रहेको समाजसेवी मगरले जानकारी गराउनुभयो ।

छिमेकीका बाख्रा चराएर गुजार गर्दै आएका नेपालीले ३४ वर्षीय शिव र ३२ वर्षीय चेतबहादुरको लालनपालन गर्दै आइरहनुभएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles