26.7 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

पाटनमा गिट्टी कुट्दै जीविकोपार्जन

बैतडी । बैतडीको पाटन नगरपालिका–४ का स्थानीय गिट्टी कुटेर जीविकोपार्जन गरिरहेका छन् ।

बस्नलाई घर मात्र भएका स्थानीय दिनभरि गिट्टी कुटेर गिट्टी बेचेर नै दैनिक उपभोग्य सामान किन्ने गर्छन् । रोजगारीको कुनै अवसर नपाएर यसैलाई रोजगारी मानेका उनीहरू घरपरिवारका सबै सदस्य मिलेर गिट्टी कुट्ने गरेको बताउँछन् । निर्माण व्यवसायीले उनीहरूबाट प्रतिकट्टा ५० रुपैयाँका दरले किन्ने गरेका छन् । दैनिकमा १ जनाले ३–४ कट्टा गिट्टी कुट्ने गरेका छन् ।

रोजगारी नभएर गिट्टी कुट्न लागेको पाटन नगरपालिका–४ का ४६ वर्षिया हरीसिंह महराले वताए । उनका अनुसार घाम पानीको वास्ता नगरी बिहानदेखि बेलुकासम्म गिट्टी कुट्नमा व्यस्त हुनुपरेको छ । ‘दिनभरको गिट्टी कुटाईले रामै्रै कमाइ हुन्छ,’ उनले भने, ‘कुटिएको गिट्टी बेचियो भने दिनमा ३ देखि ४ सय रुपैयाँको कमाइ हुन्छ ।’ गिट्टी दिनदिनै नबेचिने हुँदा कमाएको पैसा बचत गर्न नसकिएकाले मासिक कति कमाइ हुन्छ भन्न नसकिने उनले बताए ।

घरमा केही नभएर यसैबाट गुजारा चलाइरहेको स्थानीय ७२ वर्षिया परु महराले बताइन् । आफ्नो ज्यानको बाजी लगाएर भएपनि पहाडबाट ढुंगा निकालेर सडक छेउमा ल्याइ गिट्टी कुट्ने गरिएको छ । ढुंगा निकाल्दा पहिरो आउन सकिने बढी सम्भावना रहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles