28.5 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

४० बर्ष देखी शिक्षा पेसामा आबद्ध प्रधानाध्यापक भट्टलाई भव्य बिदाई तथा सम्मान

जोगबुढा १५ पुष ।

शिक्षण पेसामा चार दशक बिताएका सिद्धनाथ माध्यामिक बिद्यालय चन्दनीका शिक्षक नारायणदत्त भट्टलाई नागरिक अभिनन्दन गरिएको छ ।

४० बर्ष भित्रीमद्येश क्षेत्रका बिभिन्न बिद्यालयहरुमा शिक्षण गरेका उनलाई पत्रकार बरुण पनेरुले स्थापना गरेको स्व।कृष्णदत्त पनेरु प्रतिठानले नागरिक अभिनन्दन सहित बिदाई गरेको छ ।

सिद्धनाथ माध्यमिक बिद्यालय चन्दनीमा शिक्षक अभिनन्दन कार्यक्रम आयोजना गरि परशुराम नगरपालिकाका प्रमुख भिमबहादुर साउँदले शिक्षक भट्ट सम्मान गदैं अभिनन्दन गरेका हुन ।

एउटै बिद्यालयमा ३० बर्ष काम गरेर स्थानीय क्षेत्रमा शिक्षाको बिकासमा महत्वपुर्ण योगदान गरेका शिक्षक भट्टलाई सार्वजनिक कार्यक्रम गरी नागरिक अभिनन्दन गरिएको पत्रकार पनेरुले बताए । अभिनन्दन कार्यक्रममा आउने अभिभावक सबैले फुलमाला सहित शिक्षक भट्टको सम्मान गरेका थिए ।

२०२९ सालमा बैतडीको बिकट क्षेत्रबाट शिक्षण गर्न भित्रीमद्येश आएर शिक्षक भट्टले अवकास पाउन अघि शिक्षा क्षेत्रको बिकास र स्थानीय बिद्यालयहरुको बृद्धि बिकासमा उल्लेख काम गरेको भन्दै अभिनन्दन गरिएको छ । डडेल्धुराको भित्रीमद्येशका बिकट स्कुलहरुमा शिक्षण गर्दै आईरहेका शिक्षक भट्टले २२ बर्ष सिद्धनाथ माध्यामिक बिद्यालयमा प्राधानाध्यपक भए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles