41.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

भीमदत्त नगरपालिकाले गर्यो रेडक्रसलाई तीन लाख सहयोग

महेन्द्रनगर , मंसिर ३, २०७५ ।

भीमदत्त नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) लाई सहयोग गरिएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सोमबार रेडक्रस सोसाइटी कञ्चनपुरका सभापति टेकराज उप्रेतीलाई तीन लाखको चेक हस्तान्तरण गरेका हुन् ।

भीमदत्त नगरपालिकाले तेस्रो नगर सभाबाट रेडक्रसको रक्त सञ्चार सेवा केन्द्रलाई सहयोग गर्ने निर्णय गरेको थियो ।

नगर सभाको निर्णय अनुसार नगर वासिन्दालाई निःशुल्क रुपमा रक्त सेवा उपलब्ध गराउन रेडक्रसलाई सहयोग गरिएको हो ।

रेडक्रसले रक्त सञ्चार सेवा केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गरी निःशुल्क रुपमा सेवा उपलब्ध गराउन नगरपालिकासित सहयोगका लागि आग्रह गरेको थियो ।

चेक हस्तान्तरण कार्यक्रममा नगर प्रमुख विष्टले समृद्ध नगर बनाउन सबैसित साझेदारी गरिने नीति अन्र्तगत रक्त सञ्चार सेवालाई व्यवस्थित रुपमा सञ्चालन गरी निःशुल्क सेवा उपलब्ध गराउन सहयोग गरिएको बताए ।

भीनपाले वडा नं. १० श्रीलंका टोलमा कल्भर्ट निर्माण, वडा नं. ९ मुसेट्टीमा तटबन्ध निर्माण र वडा नं. १९ बागफाँटामा जैविक बाँध निर्माणमा रेडक्रससित साझेदारी गरिएको छ ।

रेडक्रस सोसाइटीसित समन्वय गरी नगर स्तरीय विपद् व्यवस्थापनको योजना बनाइने नगर प्रमुख विष्टले बताए ।

‘योृ वर्षमै समन्वय गरी विपद् व्यवस्थापनको योजना बनाउँछौ’ उनगर प्रमुख विष्टले भने ।

रेडक्रस सोसाइटीले २०५१ सालदेखि सञ्चालन गर्दै आएको रत्त m सञ्चार सेवा केद्रबाट बर्सेनी ७ सयदेखि ९ सय जनाले सेवा लिदंै आएका छन् ।

रेडक्रसले आर्थिक अभावमा ७ सय ७० रुपैँया प्रिन्टमा रगत उपलब्ध गराउँदै आएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles