41.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

मेयरको इँटा भट्टामा भारतीय नागरिकको गाँजा कारोवार

विराटनगर , कार्तिक ३०।

मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले सञ्चालन गरेको इँटा भट्टा उद्योगमा गाजाको अवैध कारोवार हुने गरेको खुलासा भएको छ ।

रंगेली नगरपालिका ३ मा सञ्चालित उद्योगमा प्रहरीले लागू औषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेपछि उद्योगमा गाजाको कारोवार हुने गरेको रहस्य खुलेको हो ।

रंगेली नगरपालिकाका मेयर बगडीयाले सञ्चालन गरेको आनन्द इँटा भट्टा उद्योगबाट प्रहरीले साढे दुई किलो गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार गाँजासहित भारत बंगाल कुसबिहार घर भएका हेमन्त बर्मन पक्राउ परेका हुन् ।

उनी आनन्द इँटाभट्टामा मजदुरको रुपमा काम गर्दै आएका थिए ।

उद्योगमा क्यान्टिनसमेत सञ्चालन गरिरहेका बर्मनले भारत र नेपालबाट गाँजा मगाएर भट्टामा कार्यरत मजदुरलाई महङ्गोमा बिक्री गर्ने गरेका थिए ।

प्रहरीका अनुसार बर्मनले प्रतिचिलिम ८० रुपैयाँका दरले मजदुरलाई बिक्री गर्ने गरेका थिए ।

सुनसरी मोरङका इँटा भट्टा उद्योगमा काम गर्ने ९० प्रतिशत भन्दाबढी मजदुर भारतीय छन् ।

सिजनमा भारतबाट कामका लागि आएका मजदुरलाई प्रतिचिलिम ५० भारुमा बिक्री गर्ने गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

इँटा उद्योगभित्र गाँजाको कारोबार हुने गरेको सूचनाका आधारमा छापा मार्दा झोलामा प्याक गरी लुकाई राखेको लागू औषध साढे दुई केजी गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले बताए ।

पक्राउ परेका बर्मनलाई जिल्ला अदालत मोरङबाट लागू औषध मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको बताए ।

रंगेली नगरपालिकाका मेयर दिलिप बगडीया उद्योगी हुन् ।

मारवाडी पृष्ठभूमिबाट राजनीतिमा आएका मेयर बगडिया प्रहरीले मजदुरलाई पक्राउ गरेपछि मात्र आफ्नो उद्योगमा गाँजा कारोबार भएको थाहा पाएको बताए ।

बगडीयाका अनुसार कात्तिकबाट सुरु नयाँ सिजनका लागि काम गर्न बर्मन केही दिनअघि मात्र आएका हुन् । ८–१० दिनअघि बर्मन परिवारसहित आएको बगडीयाले बताए ।

इँटा उद्योग वर्षामा बन्द हुन्छन् । कात्तिक मंसिरबाट सुरु हुने नयाँ सिजनका लागि भारतबाट परिवारसहित मजदुर आउने गरेका छन् ।

मेयर बगडीयाको भट्टामा काम गर्न ७ सय भन्दा बढी मजदुर भारतबाट आएका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles