36.8 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

कञ्चनपुरको धार्मीक क्षेत्र लिङ्गामा मनोरञ्जनका लागि आउने पर्यटकको बढ्दो चाप

महेन्द्रनगर , कार्तिक २९ ।

केहि वर्ष अगाडि सम्म सुनसान जस्तै रहने कञ्चनपुरको बेदकोट नगरपालिकाको उत्तरी चुरे क्षेत्रमा अवस्थित लिङ्गा क्षेत्रमा पछिल्लो समय दैनिक जसो आन्तरिक तथा बाह्य पर्यटकहरुको घुईचो लाग्ने गरेको छ ।

कञ्चनपुरको मध्य भागमा रहेको वेदकोट नगरपालिकाको उतर तर्फ करीब ७ किलोमिटर पुर्व बगुन गाउँ माथि पहाडको फेदमा करिब ५०० मिटरमा फैलिएको लिङ्गा, प्राकृतिक पहाडको फरक बनोट अवलोकन गर्नका लागि पर्यटकहरुको घुइचो लाग्न थालेको हो ।

विभिन्न विद्यालय, संघ संस्था, सरकारी तथा गैरसरकारी निकायहरु बाट अवलोकन तथा पिकिनिक गर्न आउनेको दैनिक जसो लिङ्गा क्षेत्रमा भिड देखिन्छ ।

नेपाली चलचित्र सुटिङका साथै बिभिन्न गीतका म्युजिक भिडियो छायाङ्कनका लागि समेत यो क्षेत्र सबैको रोजाईको केन्द्रबिन्दु बनेको छ ।

शिव लिङ्गको आकारमा रहेको यो पहाडको बनावटले पर्यटकको मन मात्रै लोभ्याएको छैन, यसको दर्शन गरे मनोकांक्षा पुरा हुने धार्मीक विश्वास रहि आएको छ ।

पर्यटकहरुले लिङ्गा क्षेत्रको अवलोकन गर्नुका साथै लिङ्गालाई पुजा आराधाना गरी मनले चाहेको माग्ने गर्दछन ।

शिव लिङ्गाको शुद्ध मनले पुजा अर्चना गरेपछि मनोकाक्षा पुरा हुने जन विश्वास पनि रहेको छ ।

प्राकृतिक सुन्दरताले भरिपुर्ण यस क्षेत्रमा पछिल्लो समय धार्मिक आस्थाले समेत भक्तालु दर्शनार्थी समेत आउन थालेका छन् ।

पर्यटनको हिसाबले लिङ्गा क्षेत्र धेरै सम्भावना बोकेको क्षेत्र भएपनि संरक्षणका लागि हाल सम्म पनि सरोकारवाला निकायबाट भने कुनै पहल हुन सकेको छैन् ।

धार्मिक तथा पर्यटकिय महत्व बोकेको लिङ्गा क्षेत्रमा सम्वन्धित सरोकारवाला निकायको ध्यान दिने हो, भने कञ्चनपुरको यो लिङ्गा क्षेत्र रमणिय पर्यटकिय स्थल र धार्मिक क्षेत्रमा रुपमा मात्रै सिमित नभएर समग्र कञ्चनपुर जिल्लाकै आर्थिक पक्ष सबल हुने समेत प्रवल सम्भावनाहरु छन् ।

सरोकारवाला निकायबाट कुनै पहल नभए पनि अहिले यसको संरक्षणका लागि एक समिति गठन गरिएको छ ।

चन्दा संकलन गरेर लिङ्गा क्षेत्रको संरक्षणमा जुटेको मन्दिर निर्माण समितिका सचिब गणेश दत्त भट्टले बताए ।

वि.स.२०२७ सालमा बगुनबासीको जानकारीमा आएको लिङ्गा पहाडको बनावट र आकार अहिले बढ्दै गइरहेको छ ।

लिङ्गा क्षेत्रमा फैलिएको प्राकृतिक पहाडको फरक बनावट अवलोकन गर्नका लागि अहिले पर्यटकहरुको घुईचो लाग्ने गरेको छ ।

बाटोको समस्याका बाबजुत पनि दैनिक चार देखि पाँच सय सम्म मानिसहरु अवलोकन गर्न लिङ्गा पुग्ने गरेका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles