26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

सडक सञ्जालमा जोडिदै दुर्गम सिगास गाउँपालिका

बैतडी , कार्तिक २९ ।

बैतडीको दुर्गम सिगास गाउँपालिका सडक सञ्जालसंग जोडिने भएको छ ।

सिगास गाउँपालिकाका विभिन्न ग्रामीण सडकहरुको डिपिआर तयार पार्ने काम शुरु भएको छ ।

गाउँपालिकाको केन्द्रसम्म समेत सडकको पहुँच नभएकाले गाउँपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो ।

गाउँपालिकाले सडकहरुको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणका लागि गाउँपालिकाका कर्मचारी खटाईसकेको अध्यक्ष धामीले बताउनुभयो ।

५ ओटा सडकको डिपीआर बनाएर निर्माण कार्य थालनि गर्ने अध्यक्ष धामीले बताउनुभयो ।

विफ्याकटाल–सौनखेत–गर्जे, विन्द्रावन –सिगास, गाँजरी–कुर्चीनेटा–थालाकाँडा,श्रीभावर–गन्सुर–दोगाड र देउलेक–दोगाड हुँदै मौरेबगर सडकको डिपीआर तयार पार्ने कार्य भईरहेको उहाँले बताउनुभयो ।

सडक निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक बर्षमा चार करोड बजेट विनियोजन गरेको छ ।

सडकको पहुँचबाट टाढा रहेका नागरिकको सडक पहुँच पुर्याई उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि गाउँपालिकाले पहल गरिरहेको अध्यक्ष धामीले बताउनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles