34.4 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

पर्यटन बोर्डको टोली खप्तडमा

डोटी , कार्तिक २९ ।

धर्तीको स्वर्गका नामले परिचित अछाम,बझांङ,बाजुरा तथा डोटी जिल्लाको केन्द्र बिन्दुमा पर्ने खप्तडमा पर्यटन बोर्डको टोली पुगेको छ ।

पर्यटन व्यवसायी समिति पर्यटन बोर्डका पदाधिकारीहरु खप्तडमा पुगेका हुन् ।

खप्तड क्षेत्रमा आन्तरीक तथा बाहिय पर्यटक भित्रयाउनका लागि गर्न सकिने कामको अध्यन तथा पर्यटकका लागि खाने बस्ने ठाउको अध्यन गर्नका लागि उक्त टोली खप्तड गएको बताईएको छ ।

नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण बहादुर महरा, अवधेश कुमार दास र दिपक महत सहित अन्य पर्यटन व्यवसायी पनि खप्ड पुगेका छन् ।

टोलीमा पर्यटन बिकास समितिका महासचिव सन्जय कुमार चौधरी, होटल ब्यबसायी संघ डोटिका अध्यक्ष तथा डोटी उद्योग बाणिज्य संघका महासचिव दिपकबहादुर खडका, खप्तड मध्यबर्ति क्षेत्र ब्यबस्थापन समितिका अध्यक्ष रामप्रशाद उपाध्याय, एनआरएन जर्मनीका अध्यक्ष नबराज रोश्यारा पनि उक्त टोलीमा सहभागि भएका छन् ।

पर्यटन बोर्डका सदस्य कृष्ण बहादुर महराले खप्तडमा एक सय जना र बिचपानिमा २५ जनालाई बसोबासको व्यवस्थाका लागि संरचना निर्माण हुने बताउनु भयो ।

यसबर्ष मात्रै पर्यटन बोर्डबाट प्रिफयाप भवन बनाउनको लागि ५ करोड बिनियोजन गरेको उहाँले जानकारी दिनु भयो ।

खप्तडमा राम्रो खानपिन र बसोबासको बन्दोबस्ति भए प्रति बर्ष ५० हजार पर्यटक भित्रयाउन सकिने डोटी उद्योग बाणिज्य संघका महासचिव दिपकबहादुर खडकाले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘बस्ने र खाने मात्रै ब्यबस्था गर्न सके पर्यटकको ओहिरो लाग्छ ।’

खप्तडमा स्कि र गल्फको अत्यन्तै सम्भावना भएकाले यसलाई पर्यटन बोर्डले उच्च प्राथमिकतामा राखेको पर्यटन बोर्डका सदस्य दिपक महतले बताउनु भयो ।

अप्तडमा अहिले दिनहुजसो ४०÷५० जना खप्तड प्रबेश गर्ने गरेको खप्तड पर्यटन बोर्ड डोटीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles