36.7 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

नयाँ शहरको डिजाईन सर्वेको समय सकियो तर काम सकिएन्

कैलाली ,कार्तिक २९ ।

कैलाली र कञ्चनपुरको हुलाकी राजमार्ग आसपासमा व्यवस्थित वसोवास गराउनका लागि दुई वटा नयाँ शहर निर्माण गर्नका लागि थालिएको डिजाईन सर्वेको काम गर्ने समय सकिए पनि काम भने सम्पन्न भएको छैन् ।

वैशाख ४ गते भएको सम्झौता अनुसार मंसीर ४ गते डिजाईन सर्वेको म्याद सकिदैछ तर काम भने सकिएको छैन् ।

परामर्शदाता कम्पनीले प्रतिवेदन वुझाउने समयमा काम नसकेपछि दुवै नगरपालिका जन प्रतिनिधिले काममा सहयोग नगरेको आरोप लगाएको छ ।

वैशाखदेखि काम सुरु गर्नुपर्ने भएपनि डिजाईन सर्वेको काम पाएको काठमाण्डौको एभरेष्ट ईन्जिनियरिङ कन्सल्टेन्ट, मुनलाईट सिभिल सोलुसन र ईलाईट सिभिल डिजाईन कन्सलेन्टले गत असोज महिनादेखि मात्रै काम थाल्दा समयमै नसकिएको हो ।

अव दुई महिनाको म्याद थप्ने तयारी भईरहेको छ ।

६ महिनाको समय सीमा लिएर डिजाईन सर्वेको कामको जिम्मा पाएको परामर्शदाता कम्पनीले त्यसको प्रतिवेदन वुझाउने समयमा आएर सर्वेको काम सुरु गरेपछि समयमै काम नसकिएको हो ।

सुदुरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरका पुराना सदरमुकामलाई नयाँ शहरका रुपमा विकास गर्नका लागि गर्नुपर्ने डिजाईन सर्वेको काम वैशाखमै सुरु नगरेको परामर्शदाता कम्पनीले सम्झौता गरेर प्रतिवेदन वुझाउने समय सकिने वेला काम थाल्दा लथालिङ भएको हो ।

परामर्शदाता कम्पनी काठमाण्डौको एभरेष्ट ईन्जिनियरिङ कन्सल्टेन्ट, मुनलाईट सिभिल सोलुसन र ईलाईट सिभिल डिजाईन कन्सलेन्टले काम सकिने समयमा सुरु गरेकाले काम सकिएको छैन् ।

परामर्शदाता कम्पनीका एक जना सञ्चालक कृष्ण यादवले जति सक्दो चाँडो काम सम्पन्न गराउने गरी लागिरहेको दावी गरे ।

परामर्शदाता कम्पनीले वैशाख भएको सम्झौताको मितिदेखि लागु हुने गरी ६ महिनाभित्र आफ्नो काम सम्पन्न गरेर नयाँ सडक आयोजनालाई त्यसको प्रतिवेदन वुझाउने सम्झौता गरेको थियो ।

तर दिईएको समय सकिदा पनि काम नसकिदा पनि दुवै नगरपालिका जनप्रतिनिधिले सहयोग नगरेको नयाँ शहर आयोजनाले जनाएको छ ।

ढिलो गरी स्थलगत अध्ययनको काम थालिएकोमा त्यसमा जन प्रतिनिधिहरुकै असहयोगले समयमै काम नसकिएको नयाँ शहर आयोजनाका प्रमुख पराग कायस्थले जानकारी दिए ।

डिजाईन सर्वेको काम सम्पन्न गर्ने समयमा नसकिने भएपछि परामर्शदाता कम्पनीको दुई महिना समय थप्ने तयारी नयाँ शहर आयोजनाले गरिरहेको छ ।

पुस मसान्तसम्ममा काम सम्पन्न गर्ने गरी पटक पटक ताकेता गरिरहेको र त्यसपछि म्यान नथप्ने नयाँ शहर आयोजनाका

प्रमुख कायस्थको दावी रहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles