24.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

चाडपर्व सकिएलगत्तै किसानलाई गहुँ छर्न चटारो

डडेल्धुरा , कार्तिक २६ ।
दशैं–तिहारजस्ता मुख्य चाडपर्व सकिएलगत्तै डडेल्धुराका किसानहरु गहुँ छर्ने चटारोमा छन् ।

कार्तिक पहिलो सातादेखि मंसिर तेस्रो सातासम्म यहाँका किसानले गहुँ छर्ने गर्दछन् ।

कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर बिष्टले खेतबारी राम्रोसँग खनजोत गरेरमात्र गहुँ छर्न सुझाव दिएका छन् ।

डडेल्धुरा जिल्लामा २३ हजार ६ सय ५० हेक्टर जमीनमा गहुँ खेती हुँदै आएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।

पछिल्लो समयमा व्यवसायीक तरकारी खेती, फलफूल र नगदेबाली उत्पादन तर्फ किसानहरु आकर्यिात हुँदै गएपछि गहुँ खेती गर्ने किसानको संख्या कम हुँदै गएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रावधिक खेमराज पनेरुले जानकारी दिए ।

जिल्लाको अन्न भण्डार मानिने भित्रिमधेस क्षेत्रमा बर्षेनी नदी कटानका कारण उर्बरायोग्य जमिनमा क्षति पुग्ने गरेकाले पनि गहुँ उत्पादन घटेको स्थानीय बताउछन् ।

सिँचाइ सुविधा अभाव, जंगली जनावरको प्रकोपलगायतका समस्याका कारण किसानले गहुँखेती लगाउन छाडेका हुन् ।

जिल्लामा ८ हजार हेक्टर जमीनमा मात्रै सिँचाइ सुविधा उपलब्ध छ ।

सिँचाइ नभएका ठाउँमा आकासे पानीका भरमा गहुँखेती गरिँदै आएको छ ।

गहुँको उत्पादन वृद्धि गर्ने लक्ष्यसहित कृषि ज्ञान केन्द्र डडेल्धुराले डडेल्धुरा र डोटी जिल्लाका विभिन्न ठाउँका किसानलाई निःशुल्क रुपमा उन्नत जातको गहुँको मूल बीउ वितरण गरेको छ ।

बीजवृद्धि कार्यक्रमअन्तर्गत ३५ क्विन्टल उन्नत जातको गहुँको बीउ वितरण गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख बिष्टले जानकारी दिए ।

गहुँको पकेट क्षेत्रका किसानलाई लक्षित गरी गहुँको बीउ वितरण गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles