25.1 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

छ लेन सडकले एक बर्षमा ५ जनाको ज्यान लियो

मोहनापुल  , कार्तिक २६ ।

मोहनापुल अत्तरिया ६ लेन सडक अन्तरगत शुक्रबार राती मात्रै धनगढीबाट अत्तरियातर्फ जादै गरेको बा. १३ च २२६१ नम्बरको जीप डाईभर्सनमा खस्यो।

उक्त डाईभर्सनमा यसअघि चारवटा मोटरसाइकल खसिसकेका छन् भने अन्य डाईभर्सनमा पनि मोटरसाईकल र अन्य गाडीहरु दुर्घटनामा परिसकेका छन्।

ज्यानमारा बन्दै गएको मोहनापुल–अत्तरिया ६ लेन सडकको निर्माण सुरु भएपछि झण्डै एक बर्षको अवधीमा सवारी दुर्घटनामा परि ५ जनाका मृत्यु भएको छ।

१४ किलोमिटरको दुरीमा पछिल्लो एक बर्षमा मात्रै ५ जनाले अकालमै ज्यान गुमाएका हुन्।

अन्य धेरै घाईते भएका छन्। आयोजना कार्यालयको लापरबाही, निर्माण कम्पनीको ढिलासुस्ती र गैरजिम्मेवारीका कारण ६ लेन सडक ज्यानमारा बन्दै गएको आरोप स्थानीयको छ।

२०७४ मंसिर ५ गते धनगढी उप–महानगरपालिका १३ राजपुरमा धनगढीबाट नेपालगञ्ज जादै गरेको ना.४ ख ३३३९ नम्बरको भाडाको बसले साईकल यात्रुलाई ठक्कर दियो।

साईकलमा सवार कञ्चनपुर गुलरीयाका ३० बर्षिया सञ्जिव राजीको ज्यान थयो। मंसिर १३ गते कञ्चनपुरको बेलौरी नगरपालिका २ का २० बर्षिया पदम भण्डारी र गोदावरी नगरपालिका ५ का २८ बर्षिया गगन भाट सवार लु.३४ प ३८२२ नम्बरको मोटरसाईकलले ना.५ ख ५५८ नम्बरको ट्र्याक्टरलाई उछिन्दा दुर्घटना भयो। दुबै जना घाईते भए।

२०७४ पुष २ गते भएको दुर्घटनामा २०७४ को पुष २७ गते सेती–महाकाली ट्रक व्यवसायी समितिको कार्यालय अगाढी दुर्घटना भयो र धनगढी उप–महानगरपालिका ४ का भुपेन्द्र रावतको मृत्यु भयो। बाजुराबाट धनगढी आउदै गरेको ना.५ ख ८४६ नम्बरको बसले रावतको मृत्यु भएको थियो। २०७४ को माघ २६ गते बोराडाडीमा से.१ ख ९९५ नम्बरको ट्रकले साईकललाई ठक्कर दियो।

धनगढी विशालनगरका डम्मरी ठकुराठी घाईते हुनु भयो। चैत्र १२ गते २०७४ मा धनगढी वडा नम्बर १३ एरपोर्ट जने बाटो नजिक से.५ प ९००७ नम्बरको मोटरसाईकल अनियन्त्रीत भएर दुर्घटना हुदा कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ का २५ बर्षिय तिलकबहादुर रोकाया गम्भिर घाईते भए।

आयोजना सुरु भएको पहिलो बर्ष मात्र दुई जनाको मृत्यु भएको थियो। २०७५ सालको ७ महिनाको अवधीमा पाँच दुर्घटना भएका छन।

बैशाख १६ गते बोराडाडी आर्मी व्यारेक नजिक धनगढीबाट अत्तरिया जादै गरेको से.३ प ३६३५ नम्बरको मोटरसाईकलमा सवार धनगढी ४ का २७ बर्षिय अशोक पाण्डेको मृत्यु भयो।

भने २०७५ कार्तिक २ गते मोहनपुरमा से.३ प ३९७ नम्बरको मोटरसाईकल अनियन्त्रीत भयो र मोटरसाईकल चालक धनगढी ४ का २० बर्षिय सागर चौधरीको मृत्यु भयो। जेठ २६ गते धनगढी–अत्तरिया सडक खण्डमा ना.४ ख ८२३२ नम्बरको बस र से.६प ५०३२ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिए।

मेटरसाईकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ का शुभम चन्द र धनगढी ४ का आकाश ढकाल घाईते भए। यस्तै कार्तिक ७ गते भएको दुर्घटनामा से. १ प ११३८ नम्बरको जिपले बा. ११ प.३९५४ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिदा लिलादेवी सिँह घाईते भए।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles