25.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

दार्चुलामा प्रशिक्षक छनौटमा स्थानीय सरकार र विव्यस नै बाधक, छनौटको परीक्षा नै स्थगित

दार्चुला, कार्तिक २२ ।

स्थानीय सरकार र विद्यालय व्यवस्थापन समिति विद्यालयको सर्बांगीण विकासका लागि जिम्मेवार मानिन्छन् । तर व्याँस गाउँपालिका वडा नम्बर ४ मा रहेको सम्पाल मावि सुन्सेरामा प्रशिक्षक छनौट कार्यक्रमा स्थानीय सरकार र विद्यालय व्यवस्थापन समिति नै बाधक देखिएका छन् ।

विद्यालयको विभिन्न व्यवस्थापन तथा विकासका लागि विद्यालय व्यवस्थापन समिति एक महत्वपूर्ण जिम्मेवारबाहक मानिन्छ । तर यसैवर्ष सिटिईभिटीबाट मान्यता प्राप्त भई प्राविधिक धारतर्फको बाली विज्ञान सञ्चालनका लागि प्रशिक्षक छनौट कार्यक्रमा विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकार नै गैर–जिम्मेवारी देखिएका छन् ।

जिल्लाका विभिन्न ५ ओटा सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा सञ्चालनका लागि सिटिईभिटीबाट सम्बन्धन प्राप्त भएको थियो । जिल्लाका अन्य सामुदायिक विद्यालयहरुमा प्राविधिक धारतर्फको शिक्षा सञ्चालनका लागि प्रशिक्षक छनौट भई पढाई सञ्चालन भइसकेका बेला सुन्सेरामा भने प्रशिक्षक छनौटमै राजनीतिक प्रभाव परेको देखिन्छ । विद्यालय क्षेत्रमा राजनीतिक प्रभाव नपरेको भए अहिले सम्म सुन्सेरामा प्रशिक्षक छनौट भई प्राविधिक शिक्षा सञ्चालन भइसक्ने थियो । तर यसरी कहिले एक पक्षले अडान लिने र कहिले एकले अडान लिने प्रबृत्तिले विद्यालयमा प्रशिक्षक छनौटमा समस्या भएको प्रधानाध्यापक हरिदत्त भट्टले बताउनु भयो ।

स्थानीय सरकार गठन भएपछि मावि तहसम्मका विद्यालय सञ्चालनको अधिकार स्थानीय सरकारलाई प्रत्यायोजन गरिएको छ । तर व्याँस गाउँपालिकामा प्राविधिक शिक्षालयको प्रशिक्षक छनौटमै स्थानीय सरकारको पनि गैर जिम्मेवारी देखिएको छ । यसरी जिम्मेवार पक्षले नै गैर जिम्मेवारी ढंगले प्रस्तुत हुदाँ आफूहरुलाई काम गर्न निकै अप्ठेरो भएको प्रधानाध्यापक भट्टको भनाई छ ।

प्राविधिक शिक्षा सञ्चालनका लागि प्रशिक्षक, सहायक प्रशिक्षक तथा जेटिए छनौटका लागि पहिलो पटक असोज २१ गते परीक्षा मिति निर्धारण गरिएको थियो । पहिलो पटक निर्धारण गरिएको मितिमा विद्यालय व्यवस्थापन समितिले नमानेर प्रशिक्षक छनौटको परीक्षा स्थगित गरिएको प्रधानाध्यापक हरिदत्त भट्टले जानकारी दिनुभयो । उति बेला विद्यालय व्यवस्थापन समितिले आनाकानी गर्दा अन्य पक्षहरु परीक्षा सञ्चालनका लागि सहमत देखिएका थिए ।

दार्चुला

असोज २१ गतेको मितिमा निर्धारण गरिएको परीक्षा स्थगित भएपछि कात्र्तिक २१ अर्थात् बुधबारका लागि परीक्षा मिति निर्धारण गरिएको थियोे । साथै स्थानीय सञ्चार माध्यमहरुबाट समेत सुचना प्रशारण गरिएको थियो । आज निर्धारण गरिएको परीक्षा पनि स्थगित भएको छ । बुधबारका लागि तय गरिएको परीक्षा सञ्चालनका लागि स्थानीय तहबाट प्रतिनिधिको उपस्थिति नहुदाँ परीक्षा स्थगित गर्नु परेको प्रधानाध्यापक हरिदत्त भट्टले बताउनु भयो ।
पहिलो पटक विद्यालय व्यवस्थापन समितिको आनकानी र दोस्रो पटक बुधबार स्थानीय तहको प्रतिनिधि नहुदाँ परीक्षा स्थगित भएको छ । बाली विज्ञान पढाई सञ्चालनका लागि प्रशिक्षक छनौट गर्दा जिम्मेवार पक्षले यस्तो प्रबृत्ति देखाउनु गैरजिम्मेवारी र लापरही भएको टिकाटिप्पणी हुन थालेको छ । आफू निकटको व्यक्तिलाई प्रशिक्षकमा नियुक्त गर्न स्थानीय सरकार र विद्यालय व्यवस्थापन समितिको दाउँपेचका कारण प्राविधिक शिक्षा सञ्चालनका लागि आफूलाई असहज भएको प्रधानाध्यापक हरिदत्त भट्टको भनाई छ ।

व्याँसमा स्थानीय सरकार र विद्यालय व्यवस्थापनको यो हर्कतले अन्य समस्या भन्दा पनि आफू निकटको व्यक्तिलाई नियुक्त गर्न भएको दोडाहाका कारण चालु शैक्षिक सस्त्रको आठौँ महिना बित्नै लागेको छ । यसरी प्रशिक्षक छनौटमा स्थानीय सरकार र विद्यालय व्यवस्थापन समितिका कारण अड्एिकाले विद्यालयमा पर्न गएको असुविधा तथा असर प्रति दुःख व्यक्त गर्नु भएको छ । बुधबार परीक्षा सञ्चालन हुने भएपछि सबै सरोकारवालाहरु शिक्षा विकास तथा समन्वय इकाई दार्चुलामा उपस्थित भएका थिए । तर परीक्षा समितिका एक जना अर्थात् स्थानीय तहबाट प्रतिनिधि नहुदाँ परीक्षा स्थगित भएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles