26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

पर्यटकीय गन्तव्यको सुचीमा अपिहिमाल र मालिकार्जुन मन्दिर

दार्चुला , कात्तिक २१ गते  ।

सुदुरपश्चि प्रदेशको दार्चुला जिल्लामा अवस्थित अपि हिमाल र मालिकार्जुन गाउँपालिकामा रहेको राष्ट्रकै सातौ धाम मालिकार्जुन मन्दिर पर्यटकीय गन्तव्यको सुचीमा परेको छ ।

सरकारले ओझेलमा परेका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटकीय क्षेत्र घोषणा कार्यक्रम अन्र्तगत ७ हजार १ सय ३२ मिटर उचाइमा रहेको अपी हिमाल र राष्ट्रकै सातौ धाम मालिकार्जुन मन्दिर परेका छन् ।

दार्चुला जिल्लामा पर्ने अपिहिमालबाट ६ हजार ७ सय ५७ मिटर उचाइको नाम्पा हिमाल, तथा ६ हजार ६ सय ७० मिटर उचाइको ब्याँस हिमालको मनोरम दृश्य एकै पटक एउटै ठाउँबाट देख्न सकिन्छ ।

साथै अपि नाम्पा संरक्षण क्षेत्र भित्र ३० भन्दा बढि प्रजातिका स्तनधारी, २ सय भन्दा बढि प्रजातिका चरा तथा ५ सय भन्दा बढि प्रजातिका वनस्पतिहरु पाइन्छन् ।

जिल्लाको लेकम क्षेत्रमा पर्ने राष्ट्रकै सातौ धाम मालिकार्जुन मन्दिरमा बालिचन र मालिकार्जुन देवताको बास रहेको छ ।

सरकारले २०६५ सालमा मालिकार्जुन मन्दिरलाई राष्ट्रकै सातौ धामका रुपमा घोषणा गरेको थियो ।

सरकारले हालैमात्र १ सय पर्यटकीय क्षेत्र अन्तर्गत जिल्लामा अवस्थित अपिहिमाल र राष्ट्रकै सातौ धाम मालिकार्जुन मन्दिरलाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरेपछि याहाको पर्यटन विकासले गति पाउने भन्दै जिल्लाबासी हर्षित भएका छन् ।

राष्ट्रकै सातौ धाम मालिकार्जुन मन्दिरलाई पर्यटकीय क्षेत्र घोषणाका लागी नेपाल पर्यटन बोर्डमा गाउँपालिकाका बाट प्रस्ताव पेश गरेको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिह धामीले जानकारी दिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles