26.5 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

पञ्चेश्वरको कार्यकारिणी समिति वनेकाे ५ महिना हुँदा पनि काम सुरु भएन्

पञ्चेश्वर  , कार्तिक २०, २०७५ ।

६२ वर्षअघि सुरु भएको वहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अगाडी वढाउन भारत उदासिन देखिएको छ ।

भारतले नेतृत्व गरेको कार्यकारिणी समिति गठन भएको ५ महिना हुँदा पनि काम अगाडी वढेको छैन् ।

भारतले पदाधिकारी नियुक्त गरेको लामो समय हुँदा पनि काम सुरु भएको छैन् ।

भारतीय पक्षले चासो नदेखाउँदा आयोजनाले गति लिन नसकेका वेला नेपाली पक्षको पनि उदासिनता आयोजनाको काम लथालिङ भएको छ ।

६२ वर्षअघि सुरु भएको वहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यकारीणी समितिमा नेपालको तर्फवाट तीन वर्षको कार्यकाल सकिएपछि सो समितीको नेतृत्व गरेको भारतले काम अगाडी वढाउन चासो नदेखाएको हो ।

भारतले कार्यकारीणी समितीका पदाधिकारी नियुक्त गरिसकेको महिनौ हुँदा पनि काम अगाडी वढाउन मतलव नगरेको आयोजनाको तर्फवाट नेपालको प्रतिनिधित्व गरेका एसिस सिईओ चिरञ्जीवी चटौतले बताए ।

पटक पटक विभिन्न वहानाले सुस्ताएको पञ्चेश्वर परियोजनाको लागि वनाईएको दुवै देशका अधिकारी सम्मिलित विज्ञ समुहको वैठक पनि काम अलपत्र गर्दा अनिश्चित वनेको छ ।

आयोजनाको डिपिआरमाथि दुवै देशका अधिकारीहरुले टिप्पणी गर्दै पाँच सय ७५ वुँदाहरु तयार पारेको तीन सय ७३ वुँदामा सहमति भईसकेको छ ।

तर बाँकी वुँदाहरु छलफल र वहस गर्न नै नसकिएकोले आयोजना अझ लम्बिने भएको छ ।

भारले नेतृत्व गरेको समितीले पुर्णता पाएपनि कामकाज सुरु नहुँदा आयोजनाको काम लथालिङ अवस्थामा रहेको छ ।

प्राविधिक समुह र विज्ञ समुहको वैठक पनि नबसेको एक वर्षभन्दा वढी भईसकेको आयोजनाको तर्फवाट नेपालको प्रतिनिधित्व गरेका एसिस सिईओ चटौतले बताए ।

सन १९५६ देखि सुरुवात थालिएको आयोजनाको डिपिआरको ड्राफ्ट पनि २२ वर्षअघि तयार भएपनि त्यसले अन्तिम रुप लिन सकेको छैन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles