26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

किसानलाई तरकारीका विरुवा वितरण

महेन्द्रनगर ,  कार्तिक १७, २०७५ ।

भीमदत्त नगरपालिका वडा नं. १५ मा किसानहरुलाई तरकारी विरुवा वितरण गरिएको छ ।

वडा कार्यालयले स्थानीयलाई तरकारी खेतीका लागि तरकारीका विरुवा उत्पादन गरी वितरण गरेको हो ।

भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले किसानहरुलाई तरकारीका विरुवा वितरण गरे ।

वडा अध्यक्ष भीम बहादुर शाहु सहित जनप्रतिनिधिको सहभागितामा विरुवा वितरण गरिएको छ ।

सो अवसरमा नगर प्रमुख विष्टले नगरपालिकाले कृषिलाई विशेष प्राथमिकमा राखेर कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दैै नगर वासिन्दालाई तरकारीमा आत्मनिर्भर बनाउन तरकारी विरुवा उत्पादन गरी वितरण गरिएको बताए ।

नगर प्रमुख विष्टले टोल विकास संस्थासित सहकार्य र समन्वय गरी कृषि सम्बन्धी कार्यक्रम गरिने बताए ।

वडा कार्यालयले एक हजार तरकारीका विरुवा उत्पादन गरी वडाका किसान समूहलाई वितरण गरिएका वडा अध्यक्ष भीम बहादुर शाहुले बताए ।

‘किसानलाई कृषिमा आत्मनिर्भर गराउन विरुवा उत्पादन गरी वितरण गरिएको छ’ वडा अध्यक्ष शाहुले भने,‘यस कार्यक्रमलाई निरन्तरता दिन्छौ ।’ वडा नं. १५ मा १३ टोल छन् ।

अध्यक्ष शाहुले कृषि उत्पादन वृद्धिका लागि किसानलाई बिउ विजनमा अनुदान दिने नीति लिएको जानकारी दिए ।

नगर प्रमुख विष्ट सहित नगरपालिका कार्यालयका प्रशासकीय अधिकृत हरि सिह धामी, वडा अध्यक्ष शाहु, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उप प्राध्यापक खगेन्द्र जोशी लगायतले किसान समूहलाई विरुवा वितरण गरे ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles