40.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

बौलाहा कुकुरले घाँटीभन्दामाथि टोकेमा अन्यत्र धाउनुपर्ने बाध्यता

धनगढी , कार्तिक १६, २०७५  ।

धनगढीमा फैलिएको बौलाह कुकुरको आतंक नियन्त्रणमा आउन थालेको छ ।

बौहाल कुकुर मारेपछि स्थिति केही सहज भएको हो ।

बौलाह कुकुरले टोकेर कतिपयले धनगढीमै उपचार गराएका छन् ।

तर ६ जनाको घाँटीभन्दा माथि टोकेका कारण उपचारका लागि अन्यत्र गएका छन् ।

घाँटीभन्दा माथि टोकेमा रेविज विरुद्धको खोपले काम नगर्ने भएकोले महँगो र दुर्गभ खोप लगाउनुपर्ने बाध्यता रहेको छ ।

सुदुरपश्चिमका कुनै पनि स्थानमा घाँटीभन्दा माथि बौलाह कुकुरले टोकेमा लगाउनुपर्ने रेविज ईमिनोग्लोविन नपाउँदा अन्यत्र गएर उपचार गर्नुपर्ने बाध्यता रहँदै आएको छ । तर यसको व्यवस्थापनका लागि कुनै पनि निकायले ध्यान दिएका छैन् ।

धनगढीको बोराडाँडीमा बौलाहा कुकुरले टोकेपछि ६ जनालाई उपचारका लागि काठमाण्डौं र लखनउ पठाईयो ।

घाँटीभन्दा माथिल्लो भागमा टोकेमा निकै महँगो खोप हुने भएकोले यहाँ त्यो खोप नपाएपछि अन्यत्र जानुको विकल्प छैन् ।

सरकारी र निजि कुनै पनि स्वास्थ्य संस्थाले यो खोप नराख्दा बौलाह कुकुरले घाँटीभन्दा माथि टोकेमा उपचारका

लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको छ ।

जान आउन समय र खर्च वढ्ने भएकोले उपचार गर्न समस्या हुने काठमाण्डौमा उपचार गराईरहेका लोकेन्द्र भण्डारीले बताए ।

रेविज विरुद्धको खोप सरकारले स्वास्थ्य संस्थालाई निशुल्क दिने गरेको छ ।

तर घाँटीभन्दा माथि टोकेमा आवश्यक खोप भने निकै महँगो हुने र सरकारले पनि अनुदानमा दिदैन् ।

सरकारी स्वास्थ्य संस्थाले यो खोप किन्दैनन् भने आधुनिक स्वास्थ्य सेवा दिने दावी गर्ने निजि स्वास्थ्य संस्थाले पनि सामान्य उपचार दिन उदासिनता देखाएका छन् ।

रेविजका विषयमा जानकार सेती अञ्चल अस्पतालका ईमरजेन्र्सी ईन्चार्ज कृष्ण बोहोरा घाँटीभन्दा माथि टोकेका घटनाहरु कम हुने र महँगो हुने भएकोले यसक्षेत्रमा नपाईने गरेको बताउँछन् ।

घाँटीभन्दा माथि टोकेमा लगाईले रेविज ईमिनोग्लोविन मानिसको तौल अनुसार हिसाव गरेर लगानुपर्ने हुन्छ भने यो ८ हजारभन्दा सस्तो बजारमा पाईदैन् । सुदुरपश्चिम प्रदेशका कुनै पनि ठाउँमा नपाईने खोपको व्यवस्था गर्नका लागि कुनै पनि निकायले चासो देखाएका छैनन् ।

तर सरकारी स्वास्थ्य संस्थालाई यो खोप व्यवस्थापन गर्नका लागि निर्देशन दिने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए ।

रेविज लागेमा कुकुरले विभिन्न किसिमका लक्षणहरु देखाउने भएकोले सर्तक हुन पशु चिकित्सकहरुले सुझाव दिएका छन् । वरिष्ठ पशु चिकित्सक डाक्टर बसन्त सिंह रेविज लागेमा कुकुरले विभिन्न लक्षण देखाउने भएकोले त्यसवाट बच्नुपर्ने बताउँछन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles